ad ad

कोशी


बसको ठक्करबाट आमाले ज्यान गुमाइन्, छोरा गम्भीर घाइते

बसको ठक्करबाट आमाले ज्यान गुमाइन्, छोरा गम्भीर घाइते

नेपालखबर
चैत २९, २०८० बिहिबार १३:४५, काठमाडौँ

मोरङस्थित पूर्व-पश्चिम राजमार्गमा बिहीबार यात्रु बसले ठक्कर दिँदा एकजना महिलाले ज्यान गुमाएकी छन्।

मोरङको कानेपोखरीमा एउटा यात्रु बसले मोटरसाइकललाई ठक्कर दिँदा इटहरी उपमहानगरपालिका-८ निवासी ४४ वर्षीया मञ्जु कटुवालको ज्यान गएको हो। 

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ ख ३३७२ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १–०२–०४८ प ७२४६ नम्बरको मोटरसाइकललाई आज (बिहीबार) बिहान ८ बजेतिर कानेपोखरी गाउँपालिका ७ मा ठक्कर दिएको थियो।

दुर्घटनापछि उनलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पतालमा लगिएको थियो। उनको बिहीबार बिहान साढे ९ बजे उपचारका क्रममा ज्यान गएको हो। 

बसको ठक्करपछि भएको दुर्घटनामा मोटरसाइकल चालक २१ वर्षीय अमित कटुवाल घाइते भएका छन्। प्रहरीका अनुसार मृतक मञ्जु र घाइते अमित आमा-छोरा हुन्।

दुर्घटनामा संलग्न बस र चालक मोरङको पथरीशनिश्चरे नगरपालिका-२ का ३७ वर्षीय टेकबहादुर विश्वकर्मालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .