ad ad

कोशी


पाँचथरमा धामी नाच हेर्न गएका एक युवकको हत्या, ३ जना घाइते

पाँचथरमा धामी नाच हेर्न गएका एक युवकको हत्या, ३ जना घाइते

नेपालखबर
असार २१, २०८१ शुक्रबार ९:४३, पाँचथर

पाँचथरमा एक युवकको हत्या भएको छ। फिदिम नगरपालिका १४ मा का ३७ वर्षीय दिनेशकुमार राईको कुटपिटबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। 

बिहीबार राति युवाहरुको समूहले कुटपिट गर्दा गम्भीर घाइते भएका राईको उपचारका क्रममा आज बिहान पाँचथर जिल्ला अस्पतालमा मृत्यु भएको हो।

स्थानीय धनकुमार राईको घरमा गएराति धामीझाँक्रीको नाच हेर्न गएको बेला दिनेशसहित उनका साथीहरु पर्शुराम राई, ध्रुव राई र पुष्कर विकमाथि कुटपिट भएको थियो।  

उनीहरुलाई स्थानीय २० जनाको समूहले कुटपिट गरेको जिप्रका पाँचथरका सूचना अधिकारी बिनालाल साहले जननकारी दिए। 

कुटपिटबाट ध्रुव, पर्शुराम र पुष्कर पनि घाइते भएका छन्। घाइतेमध्ये धुव राईको पाँचथर अस्पतालमा उपचार भइरहेको छ। 

युवाहरुबीच झगडाको कारण नखुलेको र कुटपिटमा संलग्नहरु पनि फरार रहेका साहले बताए।  घटनामा संलग्नको खोजीका लागि प्रहरी चौकी रानीटार र पौवासारतापबाट टोली परिचालन भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .