ad ad

कोशी


कोसी प्रदेश योजना आयोगका सदस्य कोइराला र गच्छदारद्वारा शपथग्रहण

कोसी प्रदेश योजना आयोगका सदस्य कोइराला र गच्छदारद्वारा शपथग्रहण

नेपालखबर
असोज ११, २०८१ शुक्रबार २०:३८, काठमाडौँ

कोसी प्रदेश योजना आयोगका नवनियुक्त सदस्यद्वय नारायण कोइराला र प्रमिलाकुमारी गच्छदारले आज पद तथा गोपनियताको शपथग्रहण गरेका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज साँझ आयोजित कार्यक्रममा मुख्यमन्त्री हिक्मकुमार कार्कीले उनीहरूलाई पद तथा गोपनियताको शपथग्रहण गराएका हुन्।

शपथग्रहण समारोहमा प्रदेशका मन्त्री, प्रदेश योजना आयोगका उपाध्यक्ष, प्रदेश मन्त्रालयका सचिव, कर्मचारीलगायतको उपस्थिति रहेको थियो। 

कोसी प्रदेश मन्त्रिपरिषदको हिजोको बैठकले सुनसरी जिल्ला वराहक्षेत्र –७ का कोइराला र विराटनगर महानगरपालिका–४ की गच्छदारलाई सदस्य पदमा नियुक्ति गर्ने निर्णय गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .