जीवनशैली


दही खानुका फाइदा

दही खानुका फाइदा

नेपालखबर
चैत १ , काठमाडौँ

हिन्दु धर्म अनुसार सुभकार्यको सुरुवात दही खुवाएर गरिन्छ।

दही स्वास्थ्यका लागि निकै फलदायक मानिन्छ। दहीमा हुने रासायनिक पदार्थले गर्दा पाचन प्रक्रियालाई फाइदा पुर्याउँछ र अन्य रोगहरूमा पनि फाइदा गर्छ।

दहीमा प्रोटिन, क्याल्सियम, राइबोफ्लेबिन, भिटामिन बी जस्ता पोषक तत्व पाइन्छ। 

रोग प्रतिरोधक क्षमता बढाउन 
दहीले रोग प्रतिरोधात्मक क्षमतामा वृद्धी गर्छ। यसले एलर्जीको समस्यामा पनि फाइदा गर्छ। दाँतसँग सम्बन्धित रोगहरूलाई पनि यसले फाइदा गर्छ। 

पाचन शक्तिमा बृद्धि 

पाचन शक्ति बढाउनका लागि गर्मीमा दहीको नियमित सेवन गर्नु शरीरका लागि निकै फाइदाजनक हुन्छ।

दहीले रगतको कमी र कमजोरीलाई पनि कम गर्ने गर्छ। दूधले जब दहीको रूप लिन्छ, तब दहीमा अम्लिय पदार्थको निर्माण हुन्छ, यसले पाचन प्रक्रियामा मद्धत गर्छ। 

मुटुको समस्यामा फाइदा 
दहीमा मुटुको रोग, उच्च रक्तचाप जस्ता बिमारीको सम्भावनालाई कम गर्ने क्षमता हुन्छ। यसले कोलस्टेरोललाई घटाउन मद्दत गर्छ र मुटुको धड्कनलाई सही अवस्थामा राख्न मद्दत गर्छ। 

तौल बढाउन
पातलो व्यक्तिहरूले यदी दहीमा किशमिश, बदाम, छोकडा मिसाएर खाने गरे तौल बढ्छ। 

सौन्दर्य 
दही शरीरमा लगाएर नुहाउनाले छाला कोमल र राम्रो हुन्छ। दहीमा कागतीको रस मिसाएर अनुहार, घाँटी, हातमा लगाउनाले छाला निकै स्वस्थ र मुलायम हुन्छ। दहीको लस्सीमा मह मिसाएर पिउनाले पनि सौन्दर्यतामा निखार आउँछ।

चैत १, २०७९, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors.