जीवनशैली


१५ लाख नेपालीमा मधुमेह भएको अनुमान

१५ लाख नेपालीमा मधुमेह भएको अनुमान

नेपालखबर
चैत ३ , काठमाडौँ

 

नेपाल लगायत विश्वमा मधुमेह रोग बढ्दै गइरहेको छ। नेपालको कुल जनसंख्याको ८ दशमलव ५ प्रतिशत अर्थात् करिब १५ लाखमा मधुमेह भएको अनुमान गरिएको छ। 

काठमाडौंमा शुक्रबारबाट सुरु भएको साफिस इन्टरनेशनल इन्डोक्राइन सम्मेलनमा बोल्दै चिकित्सकहरुले विश्वभर नै मधुमेह जस्ता दिर्घ रोगले महामारीको रुप लिएको विज्ञहरुले बताएका छन्। 

कार्यक्रममा बोल्दै साफिसकी निवर्तमान अध्यक्ष डा डीना श्रेष्ठले मधुमेह, थाइराइड जस्ता दीर्घरोगले भयावह रुप लिएको बताइन्। 

नेपालको सन्र्दभमा शहरी क्षेत्रमा बसोबास गर्ने ५० प्रतिशतमा मधुमेह रहेको छ भने ग्रामीण भेगमा बसोबास गर्ने पाँचदेखि सात प्रतिशतमा यो रोग देखिएको उनले बताइन्। 

मधुमेह जस्ता हर्मोन रोगले व्यक्ति सँगै उनिहरुको परिवार र समाजलाई पर्ने मानसिक र आर्थिक प्रभावबारे सम्बोधन गर्न जरुरी रहेको उनले बताइन्। 

डा. श्रेष्ठका अनुसार मधुमेह जस्ता दीर्घरोगसँग लड्नका लागि एउटा देशले एक्लै काम गर्नुभन्दा विभिन्न देशका सरोकारवालाहरु मिलेर काम गर्न आवश्यक छ। 

सम्मेलनको सुरुवातमा मह जोडी, मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित वृत्तचित्र ‘मधुमेह भाग–२’ को प्रिमियर शो प्रस्तुत गरिएको थिए।

काठमाडौंमा आजबाट सुरु भएको सम्मेलनमा विभिन्न देशका अन्तर्राष्ट्रिय स्तरका विज्ञहरुबाट मधुमेह, थाइराइड, मोटोपना तथा अन्य हर्मोनसँग सम्बन्धित रोगहरूमा अनुसन्धानमुलक कार्यपत्रहरु प्रस्तुत गरिने छ। 

साफिस दक्षिण एसियाली राष्ट्रहरुमा रहेका इन्डोक्रीनोलोजी एसोसिएसनको छाता संगठन हो। यस संस्थामा बंगलादेश, भारत, अफगानिस्तान, श्रीलंका, पाकिस्तान माल्दिभ्स र नेपालका इन्डोक्राइन सोसाइटीहरु आवद्ध छन्।

चैत ३, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors.