हामी सबैको भान्छामा नुन राखिएको हुन्छ। नुन बिनाको खाना अधुरो जस्तै हुन्छ। धेरैलाई खानामा नुन समाबेश गर्नु पर्छ भनेर थाहा छ तर कमैलाई मात्र थाहा छ की हामीले दैनिक कति नुन खाने भनेर।
कसैको बानि धेरै नुन खाने हुन्छ। नुन प्रायः जिब्रोको स्वादका लागि खाने गरिन्छ।
हामीले दिनमा १ चिया चम्चा भन्दा बढी नुन खानुहुँदैन। नुनको अत्यधिक सेवनले नसर्ने रोगहरु बढ्दै गइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
नुन र रक्तचाप
नुनिलो खानेकुराहरुको प्रयोग सकेसम्म कम गर्नुपर्छ। उच्च रक्तचाप भएको बिरामीले नुनको सेवनको बारेमा अझ बढी सावधानी लिनुपर्छ।
दिनहुँ एक चिया चम्चा भन्दा बढी नुन खानु हुँदैन। तर नुन खाँदै नखानु वा अत्यन्तै कम खानु उल्टै हानिकारक हुनसक्छ।
हाम्रो समाजमा नुनसँग धेरै गलत धारणाहरु गाँसिएका छन्। यसकारणले कहिलेकाँही नुन कम खाएर बेहोस हुनगई बिरामीलाई अस्पताल पुयाउनु परेको धेरै घटनाहरु छन्।
नुन धेरै नै कम खायो भने सोडियमको मात्रा रगतमा कम भएर मान्छे बेहोस हुन सक्छ।
कहिलेकाँही नुनको कमीले बिरामीको अवस्था सिकिस्त भएर ज्यान पनि जानसक्छ।
नुनको सट्टामा मसला र कागतीको प्रयोग गरेर खानालाई स्वादिष्ट बनाउन सकिन्छ।
प्रतिक्रिया