ad ad

जीवनशैली


नवजात शिशुलाई कुन तेल लगाउने, किन लगाउनु हुँदैन तोरीको तेल?

नवजात शिशुलाई कुन तेल लगाउने, किन लगाउनु हुँदैन तोरीको तेल?

नेपालखबर
जेठ ४, २०८० बिहिबार १९:१०, काठमाडौँ

भर्खरै जन्मिएको वा नवजात शिशुलाई कुन तेल लगाउने के गर्ने भनेर धेरै अन्योलमा परेको देखिन्छ।

कतिपयले तोरीको तेल लगाउनुपर्छ भन्छन् भने कतिपयले लगाउनु हँदैन भनेको पनि सुनिन्छ। तर किन लगाउनु हुँदैन भनेर चाहिँ धेरै कमलाई मात्र थाहा हुन्छ।

बालरोग विशेषज्ञ डा. निभा राजभण्डारी श्रेष्ठका अनुसार, बच्चालाई तोरीको तेल लगाउँनै हुँदैन भन्ने चाहिँ होइन। तर २८ दिनसम्म सकभर नलगाएको राम्रो हो।
तोरीको तेलले धेरै शिशुलाई एलर्जी गराएर शरीरमा फोकाहरु निकाल्ने गरेको उनले बताइन।

अभिभावहरुले जन्मिने बित्तिकै तोरीको तेल लगाइदिँदा शरीरमा घाउ आएर पाकेर अस्पताल ल्याउने गरेको उनी बताउँछिन्।

बच्चाको छाला निकै सम्वेदनशील हुन्छ। तोरीको तेलले उनीहरुलाई असर गर्न सक्ने भएकाले सकेसम्म एक महिना बेबी तेल नै लगाउन उनको सुझाव छ।

त्यस्तै तोरीको तेल लगाएर बच्चालाई घाममा राख्दा सनबर्न बढी भएर उनीहरु छिटो डढाउने र तोरीको तेलले फोहोर पनि बढि पार्ने उनको भनाइ छ।

बच्चा जन्मिएको पाँचदेखि १४ दिनसम्म जन्डिस देखिरहेको हुन्छ र कहिलेकाहिँ तोरीको तेलले त्यो बढेको जस्ता देखिने गरेको उनले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .