जीवनशैली


जाडोमा छालाको स्याहार गर्ने सही तरिका (भिडिओ)


नेपालखबर
कात्तिक १५ , काठमाडौँ

केही दिन यता लगातार पानी पर्न थालेसँगै देशभर तापक्रम घट्दै गएको छ। जसका कारण हामीलाई चिसो महसुस भइरहेको छ।

तापक्रम घटेसँगै छाला सुक्खा हुने, फुट्ने र चिलाउने समस्या बढ्ने भन्दै छालाको विशेष ख्याल राख्न चिकित्सक सुझाउँछन्। 

चिसो मौसमको सुख्खा हावाले छालाको प्राकृतिक नरमपन कम गर्ने भएकाले विशेष सावधानी नअपनाउँदा छालामा विभिन्न समस्या देखिन्छ। 

चिसो मौसम सुरु हुनु भनेको छालाका लागि सुख्खा यामको सुरुवात हुनु हो। छालाका लागि जाडो अनुकूल समय मानिँदैन। चिसोमा बाहिरी वातावरण सुख्खा हुने भएकाले यसको सीधा असर छालामा पर्छ। जब बाहिरी वातावरणको तापक्रम हाम्रो शरीरको भन्दा कम हुन्छ, तब हाम्रो शरीरको ताप वातावरणले तान्न थाल्छ। यसले गर्दा हाम्रो शरीरबाट पानीको मात्रा घट्न थाल्छ र छाला सुख्खा हुन्छ। 

यस्तोमा सबैभन्दा बढी एक्सपोज हुने भागहरू जस्तोः अनुहार, हात लगायतका भाग बढी सुख्खा हुन्छन्। छालामा विभिन्न समस्या देखिन थाल्छ।

चिसोमा धेरैजसो मानिसको छाला डिहाइड्रेट हुन्छ। नुहाएपछि मोइस्चराइजर नलगाउने, तातो पानीमा नुहाउने, हिटर बाल्ने र पर्याप्त पानी नपिउँदा छाला सम्बन्धी समस्या बढ्दै जाने चिकित्सक बताउँछन्। 

कात्तिक १५, २०८२ शनिबार १०:३९

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad