ad ad

साहित्य


बर्दियाली कलाकार समाजको अध्यक्षमा गायक कमल बि.सी. माल्दाई पुनः निर्वाचित

बर्दियाली कलाकार समाजको अध्यक्षमा गायक कमल बि.सी. माल्दाई पुनः निर्वाचित

नेपालखबर
चैत २६, २०७९ आइतबार २१:५२, काठमाडौँ

नेपाली कला, भाषा, साहित्य, गीत, संगीत र संस्कृतिका विविध विधामा क्रियाशील बर्दियाली कलाकर्मीहरुको हकहित र संरक्षणको उद्देश्यका साथ लोक गायक तथा  संगीतकार कमल बि.सी. माल्दाईको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिती चयन गरिएको छ।

बर्दिया जिल्लाबाट प्रतिनिधित्त्व गर्दै कलाकारिता गरिरहेका संघर्षरत कलाकर्मीहरूको साझा  संगठन ‘बर्दियाली कलाकार समाज’को प्रथम साधारण सभामा करिब २ सय जना भन्दा बढी बर्दियाबासी तथा बर्दिया जिल्लासँग नाता जोडिएकाहरुको उपस्थिति थियो।

कार्यक्रमको पहिलोसत्रमा भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठले उद्घाटन गरेकी थिइन्।
 

कार्यक्रममा कलाकार समाजलाई सहयोग पुर्याउने विभिन्न ब्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो।

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य तथा पूर्वसिंचाईमन्त्री संजय गौतमले आफु अभिभावक भएर बर्दियाली कलाकार समाजलाई सधैं साथ र सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए।

यसैगरी पूर्व खानेपानीमन्त्री अब्दुल खानले राष्ट्रको पहिचान कला क्षेत्रबाटै हुने भएकोले राज्यले नै कलाकार क्षेत्रको विकासमा ठोस कदम चाल्नुपर्ने बताए।

यस्तै, समाजका अध्यक्ष कमल बि.सी.ले कलाकारका हकहितमा काम गर्न र सुख दुखमा एकले अर्कोलाई सहयोग गर्न कलाकारहरु एकजुट हुनुपर्नेमा जोड दिएका थिए।

समाजको उपाध्यक्षमा गायिका पुर्णकला बि.सि., महासचिवमा गायक तथा संगीतकार  बि.पी. वाग्ले, सचिवमा गायक आर.के. थारु, कोषाध्यक्षमा गायिका अनिता चलाउने, सह–कोषाध्यक्षमा चर्चित मोडल अञ्जली अधिकारी निर्विरोध निर्वाचित भएका थिए।

यस्तै सदस्यहरूमा मोडेल टिका जैसी, कलाकार नरेश एम।सी।, म्युजिसियन सन्देश अधिकारी, कोरियोग्राफर अभिषेक वाग्ले, मोडेल अस्मिता पुरी, मोडेल प्रिजोल भण्डारी, गायक गगन बहादुर सिङ्ग, हास्यकलाकार युद्ध मगर, कलाकार महिमा कुश्मि, कलाकार केशव शाही र कलाकार राजेश थारु समेत निर्वाचित भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .