कवि तथा गीतकार विप्लप प्रतीक सम्मानित भएका छन्। शुक्रबार किताब जात्रा छैटौँ संस्करणमा उनलाई यात्रा फाउण्डेसनले ‘प्रेम साहित्य सम्मान’ २०८१ बाट सम्मानित गरिएको हो।
‘सपना जस्तो लागिरहेको छ,’ प्रतीकले भने, ‘काम गर्दै गएपछि सरसम्मानित भइँदोरहेछ।’
कवि, लेखक, अनुवादक प्रतीकको नहारेको मान्छे (कविता संग्रह), अविजित (उपन्यास), साडेन फ्रोएडा (हाइकु संग्रह) प्रकाशित छ्न्।
रंगकर्ममा पनि सक्रिय प्रतीक द पोइट आइडलका निर्णायक समेत छन्।
कवि प्रतीकका दर्जनौँ गीत चर्चित छन्। प्रेमप्रसाद अधिकारीको स्मृतिमा स्थापना गरिएको सम्मान १ लाख ११ हजार १ सय ११ राशीको छ।
66
Shares
प्रतिक्रिया