ad ad

साहित्य


सीमान्तकृत मेचे समुदायको संस्कृतिमा आधारित माखाल उपन्यासको लोकार्पण

सीमान्तकृत मेचे समुदायको संस्कृतिमा आधारित माखाल उपन्यासको लोकार्पण

नेपालखबर
असोज ११, २०८१ शुक्रबार १६:३१, काठमाडौँ

सीमान्तकृत मेचे समुदायको संस्कृति र राजनीतिक जागरणलाई विषयवस्तु बनाइएको उपन्यास माखाल आज राजधानीमा लोकार्पण गरिएको छ।

तेजप्रकाश श्रेष्ठद्वारा लिखित र परिचय पब्लिकेसनद्वारा प्रकाशित उपन्यासमा मेचे समुदायले स्वनियमका लागि कायम राखेको माखाल अर्थात आफ्नो समुदायको मुखिया छान्ने व्यवस्था र मेचे समुदायमा ४० को दशकको सुरुमा आएको राजनीतिक जागरणलाई समेटिएको छ।

पुस्तक लोकार्पण समारोहमा मेचे समुदायको तर्फबाट बोल्दै प्रधानमन्त्रीको स्वकीय सचिवालयकी सहसचिव रोशनी मेचेले आफ्नो समुदायका सांस्कृतिक पाटोको अनुसन्धान गरी तयार पारिएको उपन्यास आफैँमा अनुसन्धानात्मक कृति समेत हुनपुगेको टिप्पणी गरे।

‘मेचे समुदायमा माखाल प्रणालीले कसरी काम गर्थ्यो भनी बुझ्न चाहनेहरुका लागि उपन्यास एउटा रोचक पुस्तक बनेको छ,’ उनले भने। 

त्यसैगरी समिक्षक ठाकुर शर्मा मेचे जातिको सांस्कृतिक पाटोलाई उक्त समुदायकै भाषाका शब्दहरु समेत राखेर तर सरल र सहज तिरकाबाट तयार पारिएको उपन्यास नवीनतम सांस्कृतिक उपन्यास बन्न सफल भएको दाबी गरे।

पुस्तकका लेखक तेजप्रकाश श्रेष्ठले २०६४ सालमा मेचे समुदायसँग ३ महिनाभन्दा बढी समय विताएर त्यस समुदायका अगुवाहरूसँग कुराकानी गरेका आधारमा सृजनात्मक लेखन गरी माखाल उपन्यास तयार गरेको बताए।

प्रकाशक परिचय पब्लिकेसनका प्रमुख कार्यकारी भाष्कर ज्ञवालीले सीमान्तकृत मेचे समुदायको संस्कृतिलाई नेपाली साहित्यको मुलधारमा स्थापित गर्न यो उपन्यास प्रकाशित गरेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .