ad ad

लुम्बिनी


संगठन दर्ता गर्न नदिएको भन्दै अखिल (छैठौं) द्वारा क्याम्पसमा ताला

संगठन दर्ता गर्न नदिएको भन्दै अखिल (छैठौं) द्वारा क्याम्पसमा ताला

नेपालखबर
फागुन १९, २०७९ शुक्रबार १९:११, बुटवल

स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा संगठन दर्ता गर्न नदिएको भन्दै राष्ट्रिय जनमोर्चा निकट विद्यार्थी संगठन अखिल (छैठौं) ले बुटवलको सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा तालाबन्दी गरेको छ।  

आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आजसम्म संगठन दर्ताको तालिका थियो। त्रिविले जारी गरेको तालिका अनुसार ३ बजेसम्म संगठनको नाम दर्ता गर्ने समय रहेकोमा २ बजे जाँदा नमानेपछि निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरिएको अखिल (छैठौं)का इकाई अध्यक्ष समिर पोखरेलले बताए।  

त्रिविको निर्देशन विपरित सिद्धार्थ क्याम्पसको निर्वाचन अधिकृतको कार्यालयले दर्ता गर्न नमानेको उनको भनाइ छ। 
सिद्धार्थ गौतम बुद्धका क्याम्पस प्रमुख विष्णु रानाले भने समय पर्याप्त हुँदा पनि दर्ता गर्न नआएको बताए। ३ बजेसम्म भनेर टियुले आंगिक क्याम्पसहरुलाई पत्र पठाएको हो। 

‘हामी पब्लिक क्याम्पसहरुलाई पत्र आएको होइन। त्रिविको बुँदामा फेरबलद गर्न सक्ने पनि भनेको छ’ उनले भने, ‘आज १ बजेसम्म भनेर उहिले सूचना निकालेका हौं। १२ गतेदेखि आजसम्म पर्याप्त समय थियो। खै किन दर्ता गर्न आउनुभएन।’ 
दर्ता गर्ने नगर्नेबारे शनिवार विहान बैठक बसेर निर्णय गर्ने क्याम्पस प्रमुख रानाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .