ad ad

लुम्बिनी


रुपन्देहीमा हत्या गरिएको अवस्थामा पुरुषको शव फेला


नेपालखबर
फागुन २४, २०७९ बुधबार १७:५६, बुटवल

रूपन्देहीको सैनामैनामा हत्या भएको अवस्थामा एक पुरूषको शव फेला परेको छ।

आज बिहान पौने ९ बजे सैनामैना नगरपालिका–२ उछिटिहवास्थित प्लटिङ गरेको जग्गामा अन्दाजी ४० वर्षिय पुरुषको शव फेला परेको हो।

शवको अझै सनाखत नभएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी दानबहादुर थापाले जानकारी दिए।

पुरूषको टाउकोमा धारिलो वस्तु प्रहार गरी हत्या गरिएको जस्तो देखिएको उनले बताए। शव फेला परेको खबर पाएपछि भैरहवाबाट तालिमप्राप्त कुकुर सहितको टोली खटिएको डीएसपी थापाको भनाइ छ। 

प्रहरीले घटनामा संलग्न भएको आशंकामा अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा समेत लिएको छ। यस्तै, विभिन्न व्यक्तिलाई सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .