ad ad

लुम्बिनी


नांगो तारमा अड्केको घाँसको डाला निकाल्दा करेन्ट लागेर मृत्यु

नांगो तारमा अड्केको घाँसको डाला निकाल्दा करेन्ट लागेर मृत्यु

प्रतिकात्मक तस्बिर


नेपालखबर
बैशाख २६, २०८० मंगलबार १३:२८, बुटवल

पाल्पामा घाँस काट्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। जिल्लाको रामपुर नगरपालिका ५ का ३४ वर्षीय गोविन्द कुमालको करेन्ट लागेर मृत्यु भएको हो।

बिहान साढे ७ बजे आफ्नै बारीमा रहेको काब्रोको रुखमा चढेर घाँस काट्ने क्रममा नजिकै रहेको बिजुलीको नांगो तारमा घाँसको डाला अड्किएको थियो।

उक्त डाला निकाल्ने क्रममा अचानक गोविन्दलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। 

करेन्ट लागेर गम्भीर घाइते उनको उपचारका क्रममा रामपुर अस्पतालमा मृत्यु भएको पाल्पाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र थापाले जानकारी दिए।

घटनास्थलमा इलाका प्रहरी कार्यालय (रामपुर) बाट अनुसन्धान अधिकृतसहितको टोली खटिएको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .