लुम्बिनी


दुर्गा मूर्ति विसर्जनका क्रममा रुपन्देहीमा ३ युवाको डुबेर मृत्यु


नेपालखबर
कात्तिक ६, २०८२ बिहिबार १२:५४, बुटवल

रुपन्देहीको गैडहवा गाउँपालिका–६ सूर्यपुराघाटमा बुधबार दुर्गा मूर्ति विसर्जनका क्रममा ३ युवाको डुबेर मृत्यु भएको छ।

मृतकहरू मायादेवी गाउँपालिका–१ का १३ वर्षीय अजय हरिजन, १५ वर्षीय दीपु हरिजन र २८ वर्षीय रोहित हरिजन रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी निरीक्षक सुरज कार्कीले जानकारी दिए।

प्रहरीका अनुसार दानव र कञ्चन नदीको संगमस्थल सूर्यपुरास्थित सन्तेश्वर घाटमा दिउँसो करिब ३ बजे मूर्ति विसर्जनका लागि पुगेका उनीहरू विसर्जनका क्रममा बेपत्ता भएका थिए। 

प्रहरी र स्थानीय बासिन्दाले खोजीकार्य थालेपछि करिब २०० मिटर तल तीनै जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

घटनाको समयमा छठ पर्वको तयारी भइरहेका बेला यो दुःखद दुर्घटना भएको हो। दुर्घटनापछि सूर्यपुरा र मायादेवी क्षेत्र शोकमग्न बनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad