ad ad

मधेस


धनुषामा घाँस काट्न गएकी दुई किशोरी मृत फेला

धनुषामा घाँस काट्न गएकी दुई किशोरी मृत फेला

फाइल तस्बिर


नेपालखबर
भदौ २२, २०७९ बुधबार ९:५०, काठमाडौँ

धनुषामा घाँस काट्न गएकी दुई किशोरी मृत फेला परेकी छन्। 

धनुषा जिल्लाको नगराईन नगरपालिका वडा नम्बर ६ र ७ को बीचमा पर्ने बीर्ता चौरी ९खेत० मा दुई किशोरी मृत फेला परेकी हुन्।

मृत फेला पर्नेमा धनुषाको नगराईन नगरपालिका ७ देवडिहा बस्ने स्थानीय दशरथ महराकी १८ वर्षीया  छोरी पूजा महरा र भारतको मधुवनी जिल्ला हरलाखी ७ घर भई हाल सोही ठाउँमा  हजुरवुवाको घरमा बस्दै आएकी १९ वर्षीया आरती कुमारी महरा छन्।

दुबैजनाको शव साँझ ५ बजे खेतमा मृत फेला परेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए।

उनका अनुसार दुबैजना दिउँसो घाँस काट्न चौरतिर निस्केकी थिइन्।

दुबैजनाले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ। 

‘घटनास्थलबाट एउटा खाली बोतल फेला परेकाले विष सेवन गरि आत्महत्या गरेका हुन् कि भन्ने हाम्रो आशंका छ,’ डिएसपी क्षेत्रीले भने, ‘पोस्टमार्टम रिपोर्ट आएपछि यथार्थ कुरा खुल्छ’

दुबै किशोरीको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .