नेकपा माओवादी केन्द्र सर्लाहीका नेता ध्रुब कार्कीमाथि कुटपिट भएको छ।
सर्लाहीको हरिपुर नगरपालिका–२ सखुवा घर भएका कार्कीलाई बिहीबार आफ्नै भाइ विष्णु कार्कीले घरमै कुटपिट गरेका हुन्।
कुटपिटबाट टाउको, खुट्टासहित शरीरका विभिन्न भागमा चोट लागेपछि कार्की उपचारको लागि सर्लाहीकै हरिवनमा रहेको स्वाभिमान अस्पतालमा भर्ना भएका छन्।
सामान्य घरायसी विवादमा बिहीबार दिउँसो एक्कासी भाइले आफूमाथि आक्रमण गरेको कार्कीले बताए। निकै वर्षअघि अंशबण्डा भएर भिन्न भए पनि कार्की दाजुभाइ एउटै घरमा बस्दै आएका छन्।
उनले आफूमाथि आक्रमण गर्ने भाइलाई कानुनी कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेका छन्।
‘मेरो जिउ ज्यानमाथि नै खतरा हुनेगरी उसले मलाई आक्रमण गर्यो,’ कार्कीले भने, ‘फेरि पनि उसले मलाई आक्रमण गर्न सक्छ। उसलाई तुरुन्तै पक्राउ गरी कानुनी कारबाही गर्न म स्थानीय प्रशासनसँग माग गर्दछु।’
Shares
प्रतिक्रिया