मधेस


ओलीका कारण निर्धारित समयभन्दा एक घन्टा ढिलोगरी गुड्यो जयनगरको रेल

ओलीका कारण निर्धारित समयभन्दा एक घन्टा ढिलोगरी गुड्यो जयनगरको रेल

जयन्त ठाकुर
असोज ८, २०७९ शनिबार १३:५, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका कारण नेपाल रेल्वे निर्धारित समयभन्दा एक घण्टा ढिलोगरी गुडेको छ। 

जनकपुरधामबाट जनयनगरका लागि बिहान ११ बजे गुड्ने रेल पूर्व प्रम ओलीका कारण निर्धारित समयभन्दा एक घण्टा ढिलो मध्यान्ह १२ बजे मात्रै गुडेको थियो।

ओली धनुषाको तिनकौरियामा एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुनका लागि रेलबाटै जाने भएपछि निर्धारित समयभन्दा एक घण्टा ढिलो गुडाउनु परेको नेपाल रेल्वेका महापबन्धक निरञ्जन झाले बताए।

महाप्रबन्धक झाले भने, ‘पूर्व प्रधानमन्त्री ओलीजी रेलबाटै जाने भनेपछि हामीलाई रेल गुडाउन केही बेर पर्खिनु परेको थियो।’

उनले रेल शुरु भएको मितिबाट अहिलेसम्म ढिलो गरी नगुडेको भन्दै आज पनि ढिलो नगुड्ने भन्दा पनि एमालेका नेता कार्यकर्ताहरुले आग्रह गरेपछि मात्रै उनीहरुकै आग्रहमै रेल ढिलो गुडाइएको बताए।

रेल जनकपुरधामबाट ढिलो गुडाइएकोले जयनगर बाट जनकपुरधामका लागि पनि रेल ढिलो गरी नै गुडाइने महाप्रबन्धक झाको भनाई छ।

पूर्व प्रम ओली तथा एमालेको नेता तथा कार्यकर्ताको रेल यात्राका लागि कुल १ सय ४२ वटा टिकट कटाएका थिए। एसी बगीको ५६ र जेनरल बगीको ८६ वटा टिकट काटिएको महाप्रबन्धक झाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .