ad ad

मधेस


चिकित्सकले ‘गलत इन्जेक्सन’ लगाइदिँदा बिरामीको ज्यान जोखिममा

चिकित्सकले ‘गलत इन्जेक्सन’ लगाइदिँदा बिरामीको ज्यान जोखिममा

जयन्त ठाकुर
पुस ८, २०७९ शुक्रबार १७:२९, जनकपुरधाम

जनकपुरधाममा एक चिकित्सकको लापरवाहीका कारण बिरामीको ज्यान जोखिममा परेको छ। 

जनकपुरधाम वडा नम्बर ४स्थित जनकपुर हेल्थ क्लिनिकमा उपचारका लागि पुगेकी ७० वर्षीया अनारोदेवी गलत इन्जेक्सनका कारण गम्भीर बनेकी हुनु्।

अनारोदेवी उपचारका लागि पुगेकी जनकपुर हेल्थ क्लिनिक थिइन्। उनलाई घुँडामा पानी जमेका कारण दुख्न थालेपछि उपचारका लागि सो क्लिनिकमा छोरा परमेश्वर साहले लिएर गएका थिए। तर चिकित्सक डा. शैलैन्द्र मिश्राले उपचारमा लापरवाही गरेका कारण बिरामीको ज्यान जोखिममा परेको उनको आरोप छ।  

अनारोदेवीका छोरा परमेश्वरका अनुसार चिकित्सक मिश्रले उपचारको क्रममा ८ वटा ईन्जेक्सन लगाएका थिए। ईन्जेस्कन लगाएको केही घन्टा नबित्दै अनारोदेवीको शरीरको छाला जलेर घाउ भएको छ। अहिले उनको उपचार जनकपुर ग्रान्डी होस्पिटलमा भइरहेको छ।

डा. शैलेन्द्र मिश्रालाई अनारोदेवीका छोरा परमेश्वरले फोन गरेर गलत उपचार किन गरिदिएको भनेर गुनासो गर्दा उल्टै धाकधम्की दिएको गुनासो गरे। अनारोदेवीलाई जनकपुर ग्राण्डी हस्पिटलमा उपचारका लागि भर्ना गराएको थाहा पाएलगत्तै सो हस्पिटलमा पुगेर आफ्नो निजी क्लिनिकमा गरेको स्वास्थ्य उपचारको सम्पूर्ण रसिद र डकुमेन्टहरु चोरी गरी लगेको उनले आरोप पनि लगाए।

अस्पतालका व्यवस्थापक विनोदकुमार महराले सिकिस्त अवस्थामा आएकी उनको गलत ढंगले उपचार भएको थाहा पाएपछि इमर्जेन्सीमा भर्ना गरेर तत्काल उपचार सुरु गरेको जानकारी दिए। 

यस सम्बन्धी छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। तर, अहिलेसम्म जाहेरी भने दर्ता नगरिएको प्रहरीको भनाई छ।

पीडित परमेश्वर साहले उपचार खर्च तथा क्षतिपूर्ती तथा गलत उपचार गर्ने चिकित्सक डा. मिश्रालाई कारबाही गर्नुपर्ने माग गरेका छन्। 

उनले भने, ‘आमालाई डा. मिश्राले गलत इन्जेक्सन दिएकाले पुरै जीउमा घाउ हुन लागेको र सोको उपचार तथा क्षतिपुर्ति समेत दिलाई दिन, डा. मिश्रालाई आवश्यक कारबाहीको माग गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .