ad ad

मधेस


होलीका लागि धनुषामा सुरक्षा व्यवस्था कडा

होलीका लागि धनुषामा सुरक्षा व्यवस्था कडा

नेपालखबर
फागुन २०, २०७९ शनिबार १९:७, जनकपुरधाम

होली पर्वलाई दृष्टिगत गर्दै धनुषा प्रहरीले जिल्ला भरीको सुरक्षा व्यवस्थामा कडाई गरेको छ। होली पर्वमा हुनसक्ने आपराधिक घटनालाई नियन्त्रणमा लिनका लागि होली पर्वसम्मका लागि सुरक्षा व्यवस्थामा कडाई गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। 

होली पर्वसम्मका लागि जनकपुरधाम नगरमा ५ सय ६० प्रहरी परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खडकाले नगरमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउनका जिल्ला प्रहरी कार्यालयबाट ४ सय ८७ जना र प्रदेश प्रहरी कार्यालयबाट ७३ थप जनशक्तिसहित ५ सय ६० सुरक्षाकर्मी सुरक्षा योजना अन्तर्गत खटाइएको बताए।

उनका अनुसार नगरमा पैदल गस्ती, मोबाइल गस्ती परिचालन गरिनुका साथै नगर भित्र र नगरबाहिरका चेक प्वाइन्टहरुमा सुरक्षा व्यवस्थामा कडाई गरिने छ। 

प्रहरी उपरीक्षक खडकाले अन्तगृह परिक्रमाको अवधिमा जनकपुरधाको परिक्रमा सडक भित्र मांश मदिरा बिक्रीमा पूर्ण रुपमा निषेध लगाइएको बताए।

शान्ति सुरक्षा खलबलिन नदिनका लागि होली पर्वको अवधीमा मदिरा सेवन गरेर सवारी चालाउने, क्षमताभन्दा बढी सवारी सवार गराएर चलाउने सवारी चालकलाई तत्काल पक्राउ गरेर सम्झाई बुझाई छोड्ने सुरक्षा योजना रहेको प्रहरी उपरीक्षक खडकाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .