ad ad

मधेस


भट्टीसँगै ३ हजार लिटर घरेलु मदिरा नष्ट

भट्टीसँगै ३ हजार लिटर घरेलु मदिरा नष्ट

रौतहटको राजपुरस्थित मदिरा भट्टी तथा मदिरा नष्टपछि प्रहरी।


नेपालखबर
फागुन २३, २०७९ मंगलबार ७:२३, सर्लाही

प्रहरीले रौतहटको राजपुरस्थित मदिरा भट्टी नष्ट गरेको छ। 

राजपुर नगरपालिका-१ मा सञ्चालित घरेलु मदिरा बनाउने भट्टी सोमबार साँझ  जिल्ला प्रहरी कार्यालय (गौर) बाट गएको प्रहरी टोलीले फुटाएर नष्ट गरेको हो। 

अवैध मदिरा उत्पादन र कारोबार हुने गरेको भन्ने गोप्य सूचनाका अधारमा पुगेको प्रहरीले भट्टी नष्ट गरेको प्रहरी नायब उपरीक्षक उमाशंकर प्रसाद यादवले जानकारी दिए। 

भट्टी नष्ट गर्ने क्रममा ३ हजार लिटर तयारी मदिरा र मदिरा बनाउने ५ सय लिटर कच्चा पदार्थ पनि घोप्ट्याएर नष्ट गरिएको यादवले बताए। 

प्रहरीले मदिरा बनाउने भाँडाकुँडा पनि फुटाइदिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .