ad ad

मधेस


सर्लाहीको चतुर्भूजेश्वर क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका दाहाल १ मतले विजयी

सर्लाहीको चतुर्भूजेश्वर क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका दाहाल १ मतले विजयी

नेपालखबर
चैत ६, २०७९ सोमबार २०:५४, सर्लाही

सर्लाहीको हरिवनस्थित चतुर्भूजेश्वर बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका प्रेमराज दाहाल विजयी भएका छन्। 

एमाले निकट अनेरास्ववियुका सन्दिप थापालाई १ मतले पराजित गर्दै सभापतिमा गठबन्धनका साझा उम्मेदवार दाहाल विजयी भएका हुन्। दाहालले ३५० मत प्राप्त गर्दा थापाले ३४९ मत प्राप्त गरेका छन्।

आइतबार राति मतगणना गर्दा अध्यक्षका दुवै उम्मेदवारले समान ३५० मत ल्याएपछि सोमबार दिउँसो पुनः दोहोर्‍याएर मतगणना गर्दा दाहालले १ मत बढी पाएको देखिएको निर्वाचन समितिका संयोजक हरिलाल मैनालीले जानकारी दिए।

क्रान्तिकारीका दाहाललाई नेविसंघ र नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूको समर्थन थियो। 
सचिवमा भने अनेरास्ववियुका हिमाल घिमिरे विजयी भएका छन्। 

घिमिरेले ३५६ मत प्राप्त गर्दा संयुक्त प्यानलबाट उम्मेदवारी दिएका नेविसंघका दिलिपबहादुर बस्नेतले ३४४ मत मात्रै प्राप्त गरेका छन्।

सचिवबाहेक सबै उम्मेदवार संयुक्त प्यानलका उम्मेदवार विजयी भएका निर्वाचन समितिले जनाएको छ।

समानुपातिकतर्फ अखिल क्रान्तिकारीले सबैभन्दा बढी ३६५ मत प्राप्त गरेको छ भने अनेरास्ववियुले ३३७ मत प्राप्त गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .