ad ad

मधेस


जनकपुरधाम-११ का वडाध्यक्ष अख्तियारको फन्दामा

जनकपुरधाम-११ का वडाध्यक्ष अख्तियारको फन्दामा

जयन्त ठाकुर
चैत ८, २०७९ बुधबार २१:२२, जनकपुरधाम

जनकपुरधाम उपमहानगरपालिका वडा ११ का वडाअध्यक्ष र सचिव घुस रकमसहित पक्राउ गरिएको छ। 

वडाध्यक्ष अर्जुन चौधरी र वडा सचिव माधव रायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुसको रकमसहित एक होटलबाट पक्राउ गरेको हो।

वडाध्यक्ष चौधरी र वडासचिव रायलाई जानकी मन्दिर नजिकै रहेको रोहन होटेलबाट ५० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।

सेवाग्राहीसँग जग्गा दर्ता कायम गर्न सरजमिनका लागि ५० हजार रुपैयाँ घुस माग्दै आइरहेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटेको टोलीले दुवै जनालाई सो होटेलबाट पक्राउ गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .