मधेस


तराईमा बाक्लो हुस्सु, दिउँसै बत्ती बालेर सवारीसाधन सञ्चालन (तस्बिर/भिडिओ)

तराईमा बाक्लो हुस्सु, दिउँसै बत्ती बालेर सवारीसाधन सञ्चालन (तस्बिर/भिडिओ)

जनार्दन पोखरेल
माघ १३, २०८० शनिबार ८:१३, सर्लाही

यतिबेला (शनिबार बिहान) तराईमा बाक्लो हुस्सु/कुहिरो लागेकाले सवारीसाधन चलाउन समस्या भइरहेको छ। 

हुस्सु/कुहिरोका कारण बाटो देख्न मुस्किल पर्दा सवारीसाधन दिनमै बत्ती बालेर गुडिरहेका छन्। 

हेर्नुहोस् सर्लाही हरिवन-लालबन्दी क्षेत्रको भिडिओ-

झन्डै दुई सातादेखि तराईको अवस्था यस्तै छ। कुनै दिन दिउँसो एकैछिन घाम देखिए पनि दुई साता यता अधिकांश दिन शीतलहर र हुस्सुमै बितेका छन्। 

विद्यालयहरूले जाडो बिदा सकेर पढाइ सुरु गरे पनि चिसो झन् बढ्दै गएको छ। 

स्कुल जाने बालबालिका र दैनिक मजदुरी गर्नुपर्ने वर्ग बढी मारमा परिरहेका छन्। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (शनिबार बिहान) तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो लागेको छ।

सर्लाही हरिवन-लालबन्दी क्षेत्रका शनिबार बिहानका थप तस्बिर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .