ad ad

Nepal Khabar TV


पार्किङ निषेधपछिको न्युरोड : यात्रु भन्छन्- युरोपजस्तो देखियो


नेपालखबर
माघ २५ , काठमाडौँ

काठमाडौं महानगरपालिकाले गएको माघ ९ गते न्युरोडको सडकलाई पार्किङ निषेधित घोषणा गर्‍यो। सडकमा पार्किङ निषेध गर्दा व्यापारीहरू कारोबार घट्ने चिन्ता व्यक्त गर्दै महानगरको निर्णयविरुद्ध प्रदर्शनमै उत्रिए। महानगर निर्णयबाट पछि हटेन। बरू निर्णय कडाइका साथ कार्यान्वयन त गर्‍यो नै, धरहराको भूमिगत पार्किङ पनि खुल्ला गर्‍यो।

धरहरामा निःशुल्क गरिएको पार्किङ रोक्न भन्दै सहरी विकास मन्त्रालयले माघ १९ गते विज्ञप्ति जारी गर्‍यो। त्यसविरूद्ध महानगर प्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमा रोष पोखे। सरकारी सम्पत्तिमा कसैलाई रजाइँ गर्न नदिने उनको तर्क थियो। शहरी विकास मन्त्री सीता गुरुङ भने धरहराको काम नसकिएको भन्दै असुरक्षित पार्किङ हटाउन भनिरहेकी छिन्। अहिले धरहरामा नि:शुल्क पार्किङ यथावत् नै छ।

महानगर प्रमुख बालेन्द्र शाहको निर्णयले सुरूमा रिसाएका व्यापारी वैकल्पिक पार्किङको व्यवस्थापछि खुसी छन्। यस्तै न्युरोड घुम्न पुग्ने प्रत्येक यात्रु र ग्राहक खुला, चौडा र व्यवस्थित सडक देखिएपछि महानगरको पहलको प्रशंसा गरेका छन्। केहीले त युरोपजस्तै देखियो भनेर पनि टिप्पणी गरेका छन्। 

प्रस्तुत छ, पार्किङ निषेधित भएपछि न्युरोडमा किनमेल गर्न आउने ग्राहक, व्यवसायी, भरियालगायतलाई समेटेर बनाइएको भिडिओ।

माघ २५, २०८० बिहिबार १९:१२

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .