माओवादी केन्द्रले आगामी मंसिर अन्तिम साता विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ र केन्द्रीय समितिलाई आयोजक समितिमा रूपान्तरण पनि गरिसकेको छ। तर, महाधिवेशनबाट फेरि पनि पुष्पकमल दाहाल प्रचण्ड नै फेरि अध्यक्ष बन्ने अड्कलबाजी केही नेताहरुले गरिरहेका छन्।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको मुख्य जस लिँदै आएका प्रचण्ड नयाँ पुस्ताको आकांक्षा अनुसार पद त्याग गर्न तयार छन् कि छैनन्?
माओवादी केन्द्रका निवर्तमान उपमहासचिव वर्षमान पुनः मंसिरमा हुने विशेष महाधिवेशनबाट पार्टीमा क्रमभंग हुनेमा आफू विश्वस्त रहेको बताउँछन्। नेपालखबर ‘तत्कालै’मा कुरा गर्दै उनले युवाहरूको चाहना अनुसार पार्टीलाई रूपान्तरण गर्ने दाबी गरे।
‘अध्यक्ष प्रचण्डले राजनीतिमा पनि क्रमभंग हुन्छ, नेतृत्वमा पनि क्रमभंग हुन्छ र पार्टीमा पनि क्रमभंग हुन्छ भनेर केन्द्रीय समितिमा राख्नुभएको हो,’ उनले भने, ‘क्रमभंग के होला, हामी बहस गर्छाैँ। हामीले दिएको जवाफ अरु पार्टीलाई पनि प्रेरणा र ऊर्जा दिने खालको होस् भन्ने हाम्रो सोच हो।’
भिडिओ

प्रतिक्रिया