हङकङ जिल्ला परिषद् चुनावः बेजिङ निकट पार्टीको पकड कमजोर हुने अनुमान

हङकङ जिल्ला परिषद् चुनावः बेजिङ निकट पार्टीको पकड कमजोर हुने अनुमान

मगेन्द्र राई
असोज ३०, २०७६ बिहिबार १२:३७,

नामांकनको अन्तिम दिनसम्म चुनावमा भाग लिन ठूलो संख्यामा मानिसहरूले आवश्यक कागजातहरु पेस गरेका छ्न्।

हरेक चार बर्षमा हुने निर्वाचनमा यसपटक कुल १८ जिल्लामा ४५२ सिटका लागि विभिन्न राजनीतिक दलहरुले भाग लिदैछन्।

चारवर्ष अघिको चुनावमा ६८ सिटका उमेद्वार निर्विरोध निर्वाचित भएका थिए। तर यसपटक सबै सिटका लागि मतदान हुने भएको छ।

हाल हङकङमा जारी आन्दोलनले मतदाताहरूलाई हौसला प्रदान गरेको कारण यस्तो हुन पुगेको अनुमान गरिएको छ। यो पटक दर्ता भएका मतदाता र उम्मेद्वार दुवैको संख्यामा वृद्धि भएको कुरा आरटीएचकेले बताएको छ।

केही आन्दोलनकारीहरुले मतदाताहरुलाई चुनावमा भाग लिन आह्वान गर्दै अभियान नै चलाए। जसले गर्दा अघिल्ला चुनावमाभन्दा यस पटक ४ लाख बढी मतदाताहरुले भाग लिने भएका छन्।

अन्तिम समयको उम्मेदवार नामावली फिर्ता गर्ने बाहेक ४५२ सिटको लागि हजारौं व्यक्ति उम्मेदवार बन्न खोजिरहेका छन्।

सबै उम्मेदवारहरुलाई निर्वाचन अधिकारीहरुले चुनाव लड्ने योग्यताको लागि उनीहरुको राजनीतिक अडान बारे प्रश्न समेत गरेका छन्।

जस्तैः हङकङलाई मुक्त गरौ, हाम्रो यूगको क्रान्तिजस्ता नाराहरु सहित आफ्नो तस्बिर सोशल मिडियामा प्रचार गर्ने व्यक्तिलाई ती शब्दहरुको अर्थ के होरु भनी प्रश्न गर्दै त्यसको स्पष्टिकरण दिन भनिएको थियो।

तर आफ्नो चुनावी घोषणापत्रमै उक्त नाराहरुको एजेण्डा बनाएका एक उम्मेदवारलाई भने त्यहाँको निर्वाचन अधिकारीले उम्मेदवारी स्वीकृत गरिदिएको छ।

हङकङलाई आत्मनिर्णयको अधिकार हुनु पर्छ भन्ने माग राख्दै आएका आन्दोलनका चर्चित अनुहार डेमोसिस्टो पार्टीका महासचिव जोस्वा वोङलाई पनि प्रश्न सोधिएको थियो। उनलाई हङकङको जनताका लागि आत्मनिर्णयको बारे आफ्नो बर्तमान धारणा स्पष्ट पार्न लगाईएको थियो।उनि दक्षिणी जिल्लाको सीटमा उम्मेदवार हुँदैछन्।

आन्दोलनकारीहरुलाई अयोग्य ठहराई चुनाव लड्नमा प्रतिबन्ध लगाए आन्दोलन थप चर्किन सक्ने प्राज्ञिकहरूले चेतावनी दिएका छन्।

यस पटकको चुनावमा हुलदङ्गा मच्चिनसक्ने अनुमान गरिएको छ।

चालू आन्दोलनले बेजिङ निकट पार्टीहरुको पकड थप कमजोर हुने अनुमान समेत गरिएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .