कोभिडविरुद्धको खोप लगाएको दुई दिनपछि ज्यान गुमाएका हङकङका एक व्यक्तिको मृत्यु र खोपबीच कुनै सम्बन्ध नरहेको कानुनी जाँचका क्रममा बताइएको छ।
गत फेब्रुअरीमा खोप लगाएको दुई दिनपछि हङकङका टिम्बल ली युकुनको मृत्यु भएको थियो।
६३ वर्षीय ली फोक्सोमा पानी भरिएर गम्भीर बिरामी थिए। त्यही अवस्थामा उनलाई चिनियाँ खोप सिनोभ्याक लगाइएको थियो।
ती व्यक्तिको मृत्यु खोपका कारण नभएको चिनियाँ औषधि निर्माता र हङकङको स्वास्थ्य विभागका वकिलहरुले जिकिर गरेका छन्।
यससम्बन्धी मुद्दाको सुनुवाइका क्रममा वकिल र औषधि निर्माता कम्पनीले उनको मृत्यु र खोपबीच कुनै सम्बन्ध नरहेको बताएका हुन्।
पोस्टमार्टम रिपोर्टअनुसार लीको फोक्सोमा मृत्यु हुनुभन्दा पन्ध्र दिनअघि नै ब्लकेज सुरु भएको उल्लेख छ
सरकारले गठन गरेको विज्ञहरुको टोलीले सो मृत्युलाई ‘संयोगवश घटेको घटना’ भनेको छ। एससीएमपी
Shares
प्रतिक्रिया