हङकङमा ‘क्याप्टेन अमेरिका’ नामले चिनिने प्रजातन्त्रवादी नेतालाई झण्डै ५ वर्षको जेल सजाय सुनाइएको छ।
हङकङको राष्ट्रिय सुरक्षा कानुनअनुसार एडम मा चुन मानलाई जेल सजाय तोकिएको हो । सरकारविरोधी नारा लगाएर हङकङलाई चीनबाट स्वतन्त्र गराउने पक्षमा बोलेकोमा उनलाई मुद्दा चलाइएको हो ।
सन् २०१९ मा हङकङमा भएको आन्दोलन हिंसात्मक बनेसँगै चीनले २०२० मा हङकङका लागि राष्ट्रिय सुरक्षा कानुन ल्याएको थियो । हङकङका प्रजातन्त्र पक्षधरहरुले भने यो कानुनले हङकङको स्वायत्तता खोसेको आरोप लगाउँदै आएका छन् ।
उक्त कानुनअनुसार जेल सजाय पाउने मा चुन मान दोस्रो व्यक्ति हुन् । ३१ वर्षीय मा चुन मानले स्वतन्त्रताको र्यालीमा सरकारविरोधी नारा लगाएका थिए भने सञ्चारमाध्यमहरुमा पनि अन्तर्वार्ता दिएका थिए ।
उनी पहिला खाना डेलिभरीको काम गर्थे । यसैक्रममा उनी स्वतन्त्रताको आन्दोलनमा लागेका हुन्।
बिहीबार हङकङको अदालतले उनलाई पाँच वर्ष नौ महिनाको जेल सजाय सुनाएको हो । फैसलाको पत्र पाएपछि रोयटर्ससँगको कुराकानीमा मान चुन मानले भनेका छन्, ‘मलाई कुनै पछुतो छैन।’
Shares
प्रतिक्रिया