हङकङमा किराँती सँस्कृति जोगाउन धनुवाण प्रतियोगिताको आयोजना

हङकङमा किराँती सँस्कृति जोगाउन धनुवाण प्रतियोगिताको आयोजना

मगेन्द्र राई
कात्तिक २१, २०७६ बिहिबार ११:२४,

किराँत राई यायोख्खा हङकङको प्रमुख अग्रसरतामा उक्त प्रतियोगिता हुन लागेको हो। आयोजकका अनुसार प्रतियोगिता आगामी नोभेम्बर १७ तारिख आईतबारका दिन लायन रक आर्चरी क्लबमा बिहान १० देखि ३ बजे सम्म सन्चालन हुनेछ।

महिला र पुरुष दुई बिधामा खेलाइने उक्त प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने महिला तथा पुरुष लाई नगद पुरस्कार प्रदान गरिने आयोजकले बताएका छन्।

प्रतियोगिताको सह आयोजकमा थुलुङ सामा, याख्खा चुम्मा, सुनुवार र याक्थुम चुम्लुङ रहेका छन्। आयोजकहरुले विगतको उक्त पुरानो खेललाई पुनर्र्जीिवत गर्ने तथा कला र संस्कृतिलाई हङकङमा बस्ने नेपालीहरुमा विशेष गरी युवाहरुलाई पुनस्र्थापित गर्ने लक्ष्य राखेको छ।

Related image

धनु र किराँत बिचको मिथक

महाभारतमा किराँतहरुको प्रथम राजा यलम्बरको उल्लेख गरिएको छ। उनी धुरन्धर धनुधारी तथा तान्त्रिक थिए। पौराणिक कथा अनुसार शक्तिशाली यलम्बर कौरब र पाण्डब बिचको युद्द हेर्ने अनि हार्ने पक्षको साथ दिन भैरबको रुप धारण गरेर कुरुक्षेत्र पुगेका थिए।

पाण्डवको पक्षमा रहेका भगवान कृष्णले यलम्बर कुरुक्षेत्र आइपुगेको थाहा पाएपछि यलम्बरको शक्ति जाँच्न चाहे। यलम्बरको शक्ति थाहा पाएपछि कृष्ण स्वंयम् डराए।
तान्त्रिक शक्ति भएका यलम्बरको धनुवाणले स्वयम कृष्णको शरीर छेदन गर्नसक्ने सामथ्र्य राख्दथ्यो। यलम्बरले जसको साथ दिन्थे उसैको जित हुने पक्का थियो। त्यसकारण युद्ध अनावश्यक रुपमा लम्बिन सक्ने थियो।

यो कुरा थाहा पाएपछि कृष्णले एक भिखारीको भेष धारण गरी यलम्बर कहाँ पुग्यो। यलम्बर मनका धनी र दानी पनि थिए। उनले उक्त भिखारीले जे मागे पनि दिने बाचा गरे, त्यसपछी भिखारीले यलम्बरको टाउको मागे।

बाचामा हारिसकेको उनले टाउको दिन पर्यो। उनको काटिएको टाउको आकाश मार्ग हुँदै काठमाडौ पुगेको बताईन्छ। त्यसपछि उनलाई आकाश देवता वा आकाश भैरब को रुपमा पुजा अर्चना गरिन्छ।

युवाहरूलाई संलग्न गराईने

डायस्पोरामा आफ्नो परम्परा र संस्कृती क्षयिकरण भैरहेको परिस्थितिमा हङकङमै हुर्कदै गरेको युवा पुस्तामा यही खेलको माध्यमबाट आफ्नो बिरासत, परम्परा र सँस्कृतीप्रति भावनात्मक सम्बन्ध जोड्न यस प्रतियोगिता उपयुक्त माध्यम हुनसक्ने भएकोले उक्त खेल नै रोजिएको आयोजकका अध्यक्ष हरि चन्द्र राईले नेपालखबरलाई बताए।

उनले भने,‘खुल्ला सन्सार, आधुनिक प्रबिधि र ग्याजेटमा लिप्त भएका युवा जमातहरुले आफ्नो ईतिहास, संस्कार र पहिचान गुमाउँदै गैरहेका छन्। आफ्नो अभिभावकहरुको सल्लाहलाई समेत बास्ता गर्दैनन्। त्यसैले उनीहरुलाई यही खेलको माध्यमबाट डाइभर्ट गरी आफ्नो संस्कार र संस्कृतीतर्फ जोड्न सहज हुने भएकाले आफ्नो ईतिहास र पहिचान जोडिने खेल खेलाउन लागेका हौं।’

४ किराँत एकताको लागि धनुवाण खेल

पछिल्लो समयमा किराँतहरु बिच बिभाजनको पर्खाल ठडिदै गएको छ। एउटै ईतिहास, परम्परा र संस्कृती भएको किराँतहरुको बिभाजनले किराँतहरु कमजोर हुँदै गएका छन्।

किराँत बिच नै त्यो भन्दा हामी ठूलो र अब्बल हो भन्ने जस्ता होडबाजीको संस्कार बिकसित हुँदै गएको छ। “एकता नै बल हो“ भन्ने शाश्वत सत्य बिर्सदै गएको किराँत राई यायोख्खा हङकङका अध्यक्ष हरि चन्द्र राई बताउँछन। राईले भने,‘हङकङमा हामीले चार किराँत एकताको लागि अनेकौं प्रयत्न गर्यौ तर असफल भयौ, तर यो धनुकाड खेलको माध्यमबाट भने एक भएर जुटेका छौं, चारै किराँतहरु यो खेलको संयुक्त आयोजक भएका छौं। यो खुशीको कुरा हो।’

चार किराँत हरुमा राई, लिम्बू , सुनुवार र याख्खालाई जनाउँदछ। किराँतहरूको जातीय एकता कायम गर्न उक्त कार्यक्रमको आयोजना गर्न लागिएको बताइएको छ।

Image result for archery

धनुवाणलाई मूलधारमा फर्काउने उद्देश्य

धनुवाणडको प्रयोग र उपयोगिता ढुङ्गे युग बाटै शुरु भएको हो। मानव सभ्यताको सुरुवातबाटै धनुकाडको प्रयोग हुँदै आएको छ।

सत्रुलाई परास्त गर्न र सिकार गरी खानाको जोहो गर्न धनुकाड नै चाहिन्थ्यो। यसको प्रमाण नेपाललगायत विश्वभरमा भेटिन्छ

किराँती प्रथम राजा यलम्बर स्वयं धनुर्धारी थिए। धनुकै माध्यमद्वारा उनले राज्य खडा गरेका थिए। रामायण र महाभारत युद्धमा धनुकाडले नै निर्णायक भूमिका खेलेको थियो।

कालान्तरमा चिनियाँहरुले बन्दुकको आविष्कार गरे। युरोपेलीहरुले बन्दुकको परिमार्जन गरे त्यसपछि त्यसको ब्यापक प्रयोग हुन थालेपछि धनुवाणको महत्व घट्दै गएको हो।
आधुनिकताले प्रभुत्व जमाउँदै लगेपछि गाउँघरमा समेत धनु परम्परा बेबास्ता हुँदै गए। ती परम्परालाई पुनर्जागरण र पुनस्र्थापित गर्ने लक्ष्य राखेको आयोजकले बताएको छ।

आयोजकका अनुसार पहिलो पटक आयोजना भएकोले यो पटक किराँत समुदायको लागि मात्र प्रतियोगितामा प्रबेश खुल्ला गरिएको छ। तर भविष्यमा सबै नेपालीहरुलाई खुल्ला गरिने छ।

प्रबेश शुल्क हङकङ डलर ५ सय तोकिएको छ। जसमा दुई घन्टा निशुल्क प्रशिक्षण समेतको बन्दोबस्त गरिएको छ।

आयोजकले प्रतियोगिताबाट ६० हजार डलर संकलन गर्ने उद्देश्य राखेको छ। सम्पूर्ण खर्च कटाएर बचेको रकम विपन्न युवाहरूको लागि शिक्षा वा स्वास्थ्यसेवाको तथा आपतकालिन राहत कार्यहरूको लागि खर्च गरिने बताईएको छ।

ओलम्पिक खेलमा समाबिस्ट तथा विश्व च्याम्पियनसीप समेत हुने गरेको धनुकाडलाई एक बिशिष्ट कला तथा उत्कृष्ट खेलको रुपमा लिईन्छ। यो खेलको लागि नियमित अभ्यास, बाण चलाउन धनुको प्रयोग गर्ने सक्ने सीप हुन जरुरी छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .