हङकङमा आफ्नै आमासँग ३ लाख डलर असुल्न अपहरणमा परेको नाटक गर्ने व्यक्ति पक्राउ

हङकङमा आफ्नै आमासँग ३ लाख डलर असुल्न अपहरणमा परेको नाटक गर्ने व्यक्ति पक्राउ

नेपालखबर
पुस १२, २०७८ सोमबार ९:२२, काठमाडौँ

हङकङको प्रहरीले आफ्नै अपहरणको नाटक गर्दै आमासँग ३ लाख हङकङ डलर असुल्न खोज्ने २० वर्षीय युवालाई पक्राउ गरेको छ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार गत शुक्रबार महिलाले प्रहरीमा आफ्नो छोरा अपहरणमा परेको भन्दै उजुरी दिएकी थिइन्। उनले आफूलाई प्राप्त भएको भिडियो क्लिप पनि बुझाएकी थिइन्।

भिडियोमा माक थर भएका युवकलाई कुटपिट गरिएको देखिएको थियो। अपहरणकारीले युवककी आमासँग ३ लाख हङकङ डलर फिरौती मागेका थिए।

प्रहरीले शुक्रबार नै कोवलून सहरमा सकुशल फेला पार्‍यो। उनलाई सामान्य चोटपटक देखिएको छ।

उनलाई अपहरणको गरेको नाटक गर्ने दुई युवालाई पनि प्रहरीले पक्राउ गरेको छ। 

प्रहरीका अनुसार अनुसन्धानमा युवाले आफू अपहरणमा परेको नाटक गर्नुको कारण ऋण तिर्ने पैसा असुल्नु रहेको बताएका छन्।

उनलाई शनिबार प्रहरीको समय बर्बाद गरेको आरोपमा पक्राउ गरिएको हो। 

प्रहरीका अनुसार अहिले तीनैजनासँग सोधपुछ चलिरहेको छ। प्रहरीका अनुसार अहिले अनुसन्धान चलिरहेको छ र यो मामिलामा अन्य मानिस पनि पक्राउ पर्न सक्ने सम्भावना छ ।

हङकङमा प्रहरीको समय बर्बाद पार्न गलत उजुरी दिने व्यक्तिलाई अधिकतम ६ महिनाको जेल सजाय र २ हजार हङकङ डलर जरिवाना हुन सक्ने व्यवस्था छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .