हङकङ क्षेत्री समाजको दोस्रो अधिवेशन सम्पन्न, केशवबहादुर कार्की अध्यक्ष

हङकङ क्षेत्री समाजको दोस्रो अधिवेशन सम्पन्न, केशवबहादुर कार्की अध्यक्ष

हङकङ क्षेत्री समाजका नवनिर्वाचित पदाधिकारी तथा सदस्य।


मगेन्द्र राई
पुस १३, २०७८ मंगलबार १७:५४, काठमाडौँ

हङकङ क्षेत्री समाजको दोस्रो अधिवेशनले केशवबहादुर कार्कीको अध्यक्षतामा सर्वसम्मत १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।  

सोमबार जोर्डनस्थित चुम लुङ हिम भवनमा सम्पन्न अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः केशवबहादुर कार्की, विवेक थापा, राम केसी, मीरा कार्की, विनोद खराल र  राजु खड्कालाई चयन गरेको हो। 

यस्तै सदस्यहरूमा ज्ञानेन्द्र थापा, रजनी खड्का, रविन लामिछाने, गणेशबहादुर खड्का, थम्मन जीसी, सीतादेवी क्षेत्री, गीता बुढाथोकी र गुमानसिंह भण्डारी छन्। 

वरिष्ठ उपाध्यक्षसहित अन्य सदस्य नवनिर्वाचित कार्यसमितिको प्रथम बैठकले मनोनय गर्ने जानकारी दिइएको छ। वरिष्ठन उपाध्यक्षका लागि मञ्जु थापाको नाम प्रस्ताव गरिएको छ। कार्यसमितिको पदावधि २ वर्षको हुनेछ। 

हङकङ क्षेत्री समाज सन् २०१६ मा स्थापना भएको हो। हङकङमा क्षेत्रीको संख्या अन्य समुदायको भन्दा कम छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .