हङकङ आन्दोलनः शान्तिको कामना गर्दै मुस्लिम समुदायले विशेष प्रार्थना गरे

हङकङ आन्दोलनः शान्तिको कामना गर्दै मुस्लिम समुदायले विशेष प्रार्थना गरे

मगेन्द्र राई
कात्तिक ३०, २०७६ शनिबार ७:१३,

चिम सा चुई नाथन रोडस्थित काउलुन मस्जिदमा मुसलमानहरुले भेला भएर शान्ति, सामाजिक सद्भाव र मेलमिलापको कामना गर्दै प्रार्थना गरे।

आयोजक ईन्कर्पोरेट ट्रष्टी ईस्लामिक कम्युनिटीका अनुसार उक्त प्रार्थनामा ४ हजार भन्दा बढी मुसलमान समुदायका मानिसहरु सहभागी थिए।

कम्युनिटिका अध्यक्ष जोहेर तेबखानले भने,‘हङकङ सँधै शान्तिपूर्ण स्थान हो। हामी सोही शान्ति कायम रहिरहोस् भन्ने कामना गर्दछांै, मलाई लाग्छ हङकङबासी सबैले शान्ति चाहन्छन्।’

उक्त प्रार्थना सभामा सबै उमेर समूहका मुसलमान धर्मावलम्बीहरु उपस्थित थिए। त्यहाँ हङकङमै जन्मिएका र हङकङमै अध्यायन गरिरहेका विद्यार्थी समेत उपस्थित भएका थिए।

उनीहरुले हङकङमा बस्ने सबैको सुरक्षाको लागि प्रार्थना गरेको बताउदै अशान्ति र मुठभेड समाप्त हुने र हङकङ फेरि खुशीको शहर हुने कुरामा आशाबादी रहेको बताए।

मस्जिद नजिकैको पसलमा काम गर्ने पाकिस्तानी हुसेन मोहम्मदका अनुसार आन्दोलनले जनजीवन तनावग्रस्त बनेको छ। ‘आन्दोलनले हङकङ ध्वस्त हुँदै गएको छ, रेल चढ्न पनि डर लाग्छ। आन्दोलन पहिलो आफ्ना नानीहरुलाई निर्बाधरुपमा घुमफिर गर्न छाड्थे आजकल विशेष काम बाहेक बाहिर नजान भनेको छु।’ उनले नेपालखबरसँग भने,‘हङकङ बसेको २० बर्ष भयो, आन्दोलनका कारण काम गरेर खान नपाएको धेरै भयो। तर सरकारले बस्ने घर दिएकै छ, बेरोजगार हुँदा भत्ता पनि पाएका छौं।’

भारतको मद्रासबाट हङकङ आएका मस्जिद नजिकैका अर्का व्यवसायी मुस्लिम कमिलका अनुसार आन्दोलनपछि उनको व्यापार चौपट भएको छ।

उनी ७ बालबालिकाका पिता हुन्। आम्दानी नभएपछि यति धेरै बालबालिकाको देखभाल गर्न गाह्रो हुन्न भनी नेपालखबरले सोधेको प्रश्न उनले भने,‘समस्या छ तर काम गर्न छाड्नु हुन्न। सबै अल्लाहले नै जोहो गर्छन्।’

गत अक्टोबर १५ तारिख नागरिक मानवाधिकार मोर्चाको संयोजक जिम्मी साममाथि आक्रमण भएको घटनामा पाकिस्तानी समुदाय मुछिएका थिए भने अक्टोबर २० को प्रदर्शनमा आन्दोलनकारीहरुलाई तित्तरबित्तर पार्न प्रहरीले पानीको निलो फोहरा प्रयोग गरेका थिए।

पानीको फोहराले उक्त मस्जिदको प्रबेश द्वारमा रङ लागेको थियो। त्यस लगत्तै प्रमुख कार्यकारी क्यारी लाम र प्रहरी प्रमुख स्टेफन लो मस्जिद पुगेर त्यहाँका मुस्लिम नेता समक्ष माफी मागेका थिए।

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .