हङकङका शीर्ष सरकारी महामारीविज्ञले अबको दुई सातामा कोभिड–१९ को अर्को लहर सुरु हुन सक्ने चेतावनी दिएका छन्।
साउथ चाइना मर्निङ पोस्टका अनुसार विशेषज्ञहरुले दुई सातामा हङकङमा कोभिड–१९ को नयाँ लहर आउन सक्ने अनुमान गरेका हुन्।
त्यस्तै अर्का एक विशेषज्ञले भने आगामी अक्टोबरसम्ममा नयाँ लहर आउन सक्ने बताएका छन्।
हङकङ युनिभर्सिटीको मेडिसिन केन्द्रका प्राध्यापक गाब्रियल लेउङले अबको दुई साताभित्र हङकङमा कोरोना महामारीको अवस्था खराब हुन सक्ने बताएका हुन्।
पछिल्लो केही सातायता हङकङमा कोरोनाका दैनिक नयाँ संक्रमितको संख्या ३ सयभन्दा धेरै रहँदै आएका छन्।
जसको कारण आगामी दिनमा यसका संक्रमण थप विस्तार हुन सक्ने आशंका बढेको हो।
हङकङ सामान्य अवस्थामा फर्किने तयारी गरिरहेको समयमा पुनः कोरोनाको नयाँ लहर आउन सक्ने आशंका बढेको हो।
1.1k
Shares
प्रतिक्रिया