हङकङमा ११ वर्षीय नेपाली विद्यार्थीले जिते तेक्वान्दोमा स्वर्ण पदक

हङकङमा ११ वर्षीय नेपाली विद्यार्थीले जिते तेक्वान्दोमा स्वर्ण पदक

छोरोले स्वर्ण पदक जितेपछिको खुसी


मगेन्द्र राई
भदौ १२, २०७९ आइतबार १३:१७, हङकङ

हङकङमा ११ वर्षीय नेपाली छात्र नोयल गुरुङले तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन्। चाइना हङकङ तेक्वान्दो फाउन्डेसनले आयोजना गरेको हङकङ इन्टर स्कुल च्याम्पियनसिप प्रतियोगितामा गुरुङले स्वर्ण पदक हात पारेका हुन्। 

उनी तुङकुङ प्राथमिक विद्यालय (युनलोङ) को प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी भएका थिए। प्रतियोगिता गत शनिबार वानचाईस्थित साउदर्न रंगशालामा सम्पन्न भएको हो। 

पुम्से, स्पारिङ र स्पिड किकिङमा स्पर्धा गराइएको थियो। गुरुङले स्पारिङमा पदक जितेका हुन्। आयोजकले इन्टर स्कुल तथा ओपन च्याम्पियनसिपमार्फत प्रतियोगिता आयोजना गरेको थियो। जसमा ४० क्लबका झन्डै हजार प्रतियोगी सहभागी भएका थिए। 

नेपालीद्वारा सञ्चालित फोरेनर हङकङ तेक्वान्दो एसोसिएसन (क्लब) मा तेक्वान्दो सिकिरहेका नोयलको सफलताप्रति उनका बाबु चेतन गुरुङ निकै खुसी भएका छन्। 

नेपालखबरसँग गुरुङले भने, ‘हरेक अभिभावक आफ्नो सन्तानको सफलता प्रति खुसी हुन्छ नै, मेरा लागि  छोरोको जित विशेष बनेको छ, किनकि बाबुको मुख हेर्ने दिनमै उक्त सफलता हात पर्यो, यो मेरा लागि छोरोबाट सरप्राइज प्याकेज नै भो।’ 

उनले आफूले छोरोलाई खेल सिकाइरहेको जानकारी दिए। चेतन फोरेनर एसोसिएसनका मास्टर (चौथो डान) हुन्।

फोरेनर तेक्वान्दो एसोसिएसनलाई पदकै पदक
फोरेनर तेक्वान्दो एसोसिएसनले सोही प्रतियोगिताको अर्को विधा ‘हङकङ तेक्वान्दो ओपन च्याम्पियनसिप’मार्फत ८ स्वर्ण, ११ रजत र १३ कास्य पदक जितेको जानकारी एसोसिएसनका मास्टर गुरुङले नेपालखबरलाई दिए। एसोसिएसनका ८ शाखा छन्। 

हरेक वर्ष आयोजना हुने उक्त प्रतियोगितामा मुख्यभूमि चीनबाट समेत खेलाडी सहभागी हुने गरेका छन्। तर कोरोना महामारीका कारण यस वर्ष हङकङका खेलाडी मात्र सहभागी भए।

मास्टर गुरुङ नेपाली बालबालिका तथा किशोर–किशोरीले विशेष गरी तेक्वान्दो खेल्न सिक्न जरुरी भएको बताउँछन्। तेक्वान्दोले अनुशासन, अरूप्रति सम्मान र मेहनती बन्न सिकाउँछ। शारीरिक र बौद्धिक विकासका निम्ति पनि यो खेल सहायक सिद्ध भएको उनको भनाइ छ।

एसोसिएसनले खेलबाहेक सामाजिक कार्य पनि गरिरहेको मास्टर गुरुङले बताए। उनी एसोसिएसनका सल्लाहकार पनि हुन्।

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .