हङकङ प्रहरीले शनिबार एक गर्भवती महिलालाई आफ्नै ५ वर्षे छोराको हत्या आरोपमा पक्राउ गरेको छ।
प्रहरीका अनुसार छोराको हत्या गरेर आत्महत्याको प्रयास गरिरहेको अवस्थामा प्रहरीले उनको उद्धार गरेको हो। शाम शुई पोस्थित घरबाट प्रहरीले मृतक बालककी काकीलाई पनि बालकको बेवास्ता गरेको आरोपमा पक्राउ गरेको छ।
शुक्रबार मध्यरातको केही समयपछि नै महिलालाई प्रहरीलाई फोन गरेर घटनास्थलमा बोलाएकी थिइन्।
प्रहरी घटनास्थलमा पुग्दा बालक अचेत अवस्थामा लडिरहेका थिए र उनको शरीरभरि चोटैचोट थियो। प्रहरी घरमा पुगेपछि महिलाले आफू झ्यालबाट हाम फालेर आत्महत्याको प्रयास गरेकी थिइन्। तर, प्रहरीले उनलाई रोकेर पक्राउ गरेको हो।
बालकलाई तत्कालै गाउ मा टेई अस्पतालमा भर्ना गरिएको थियो, जहाँ डाक्टरले उनलाई मृत घोषणा गरेका थिए। त्यस्तै आत्महत्याको प्रयास गरेकी ३३ वर्षीय आमालाई चेउङ शा वान अस्पतालमा भर्ना गरिएको छ।
प्रहरीले हत्याको आरोपमा यस विषयमा थप अनुसन्धान अघि बढाएको छ। प्रहरीका अनुसार महिलाका अन्य सन्तानमा आठ वर्षीया छोरी र एक वर्षीय छोरा छन्।
बालकमाथि हङकङमा कोरोनाको पाँचौं लहर सुरु भएसँगै दुव्र्यवहार सुरु भएको हुन सक्ने प्रहरीको अनुमान छ।
Shares
प्रतिक्रिया