हङकङमा एक कार्यालयबाट २० लाख हङकङ डलर लुट्ने गिरोहको प्रहरीले खोजी थालेको छ। सो गिरोहले वेलिङ्टन स्ट्रिटस्थित एक कार्यालयबाट चक्कु देखाएर सो रकम लुटेको थियो।
शुक्रबार अपरान्ह साढे ४ बजे सो घटना भएको प्रहरीले जनाएको छ।
लुटेरामध्ये एक जना पक्राउ परेका परेका छन्। अन्य चार जना भने भाग्न सफल भएका थिए। प्रहरीले उनीहरुको खोजी गरिरहेको छ।
प्रहरीका अनुसार चक्कु बोकेका चार जना पैसा लिएर भागेका थिए। एक जनालाई भने घटनास्थलबाट केही पर समातिएको थियो। पाँचै जना लुटेर गैरचिनियाँ भएको बताइएको छ।
गएको २४ घण्टामा हङकङमा भएको यो दोस्रो हाइप्रोफाइल लुटपाट हो।
बिहीबार साँझ ६ बजे पनि दुई व्यक्ति याउ मा तेइस्थित सपिङ सेन्टरबाट २ लाख नगद र सात वटा रोलेक्स घडी लुटेर भागेका थिए। एससीएमपी
315
Shares
प्रतिक्रिया