कोभिड–१९ को प्रभाव मत्थर भएसँगै एयरलाइन्सहरुबीच पाइलट नियुक्तिका लागि होडबाजी सुरु भएको छ। र यस्तो प्रतिस्पर्धाको मैदान हङकङ बनेको छ।
मध्यपूर्वको सबैभन्दा ठूलो एयरलाइन्स एमिरेट्सले कोभिडपछि हङकङमा पहिलो पटक बिहीबार र शुक्रबार आयोजना गरेको पाइलट भर्ती मेलामा करिब एक सय जना सहभागी भएका थिए।
यो मेलामा स्थानीयका साथै विदेशी पाइलट पनि सहभागी थिए। एयरलाइन्सको कररहित तलब, बसोबासको व्यवस्था, शैक्षिक भत्ताजस्ता सुविधाले आफूहरुलाई आकर्षित गरेको पाइलटहरुले बताए।
बढ्दो मागसँगै एमिरेट्सले पाइलट भर्ती थालेको हो। तर, कति पाइलट भर्ती गर्न लागेको हो, त्यो चाहिँ एयरलाइन्सले खुलाएका छैन।
बुधबारबाट एमिरेट्सले दुबई–हङकङ उडान संख्या हप्तामा १४ पुर्याएको छ।
विदेशी एयरलाइन्सहरुले पाइलटका लागि हङकङमा क्याथे प्यासिफिक, एचके एक्सप्रेसजस्ता एयरलाइन्ससँग प्रतिस्पर्धा गरिरहेका छन्।
एक्सप्रेसले यो वर्षको अन्त्यसम्ममा १८० जना पाइलट नियुक्त गर्ने योजना सार्वजनिक गरेको छ।
जबकि क्याथेले यो वर्ष ३ हजार फ्रन्टलाइन स्टाफ भर्ती गर्ने बताएको छ।
क्याथेले महामारीका कारण हजारौँ रोजगार कटौती गरेको थियो। एससीएमपी
Shares
प्रतिक्रिया