बेइजिङले हङकङको लियासन अफिसमा हालै नयाँ प्रमुख नियुक्त गरेको छ।
लु हुनिङ लियासन अफिसका प्रमुख भएपछि क्यारी लामले आफू उनीसँग सहकार्य गर्न तयार भएको बताइन्।
लियासन अफिसले मुख्य क्षेत्र चीन र हङकङको प्रशासनबीच पुलका काम गर्दछ।
चीनले लामलाई कार्यकारी प्रमुख पदबाट हटाउने हल्लाको बीच क्यारी लामले लियासन अफिससँग मिलेर हङकङको समस्या समाधान गर्ने बताएकी छिन्।
लु हुनिङ
लामले अब आफ्नो योजना हङकङ प्रदर्शनलाई रोक्ने र शहरलाई आर्थिक समृद्धितर्फ अगाडि बढाउने रहेको बताएको एससीएमपीले जनाएको छ।
उनले देशको आर्थिक, सामाजिक, स्वास्थ्य, शिक्षा क्षेत्रमा भरपर्दा मानिसहरु खटाएर समस्या समाधान गर्ने बताएकी छिन्।
प्रतिक्रिया