हङकङमा निर्माण क्षेत्रमा कार्यरत एक नेपालीले ज्यान गुमाएका छन्। मंगलबार (२ जेठ) बिहान काममै रहँदा टेलीह्यान्डलर हाइभले किचेर टाउकोमा गम्भीर चोट लागेका ५० वर्षीय विष्णु राईको निधन भएको हो।
टाउकोमा चोट लागेपछि उनलाई उपचारका लागि काउलुनस्थित नजिकैको क्वीन एलिजावेथ अस्पतालमा लगिएको थियो। अस्पताल पुर्याएलगत्तै चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन्।
अत्याधिक रक्तश्रावका कारण उनको मृत्यु भएको अस्पतालले जनाएको छ। हङकङ प्रहरी र श्रम विभागले घटनास्थलमा दुर्घटनाको अनुसान्धन गरिरहेका छन्।
दिवङ्गत राई सेन्ट्रल काउलुन रुट परियोजनामा फ्रान्सेली कम्पनीमार्फत फोरमेनको रुपमा तु क्वा वान सान मा ताउ स्ट्रीटमा कार्यरत थिए।
ताप्लेजुङ स्थायी घर भएका राई हङकङमा लामो समयदेखि निर्माण क्षेत्रमा कार्यरत थिए।
13.3k
Shares
प्रतिक्रिया