हङकङमा नक्कली नम्बरप्लेटको एक कारमाथि प्रहरीले गोली चलाएको छ।
हो म्यान टिन सहरमा उक्त नक्कली नम्बरप्लेटको कार शनिबार प्रहरीको गाडीमा ठोक्किएको थियो। त्यसपछि दुई प्रहरी अधिकारीले नक्कली उक्त कारमा गोली हानेका छन्।
घटनासँग परिचित एक स्रोतका अनुसार सक्कली कार धनीले प्रहरीलाई फोन गरेर उक्त कारबारे जानकारी गराएका थिए। आफ्नो नम्बरप्लेट प्रयोग गरिएको बारेमा सम्बन्धित धनीले जानकारी गराएपछि प्रहरीले उक्त कारको पिछा गरेको थियो।
त्यसै क्रममा कार प्रिन्सेस मार्गरेट रोडमा देखियो, जब प्रहरीले त्यसलाई रोक्न खोजे, कार प्रहरीको गाडीलाई ठक्कर दिएर भाग्न खोज्यो। त्यस क्रममा दुई प्रहरीले कारमा गोली चलाएको बताइएको छ।
उक्त घटनापछि प्रहरीले चालकलाई नियन्त्रणमा लिएका छन्। घटनामा कसैलाई हानी नभएको हङकङ प्रहरीले बताएको छ।
ती चालकका बारेमा अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ।
Shares
प्रतिक्रिया