हङकङस्थित अमेरिकी वाणिज्य दूतावासको भित्तामा स्प्रे गर्ने व्यक्ति पक्राउ परेका छन्।
ती व्यक्तिले दूतावासको भित्तामा अँग्रेजी भाषामा हेजोमोनी (वर्चस्व) र चिनियाँ भाषामा द्वैध चरित्र लेखेका थिए। भित्तामा ती व्यक्तिले स्प्रे गर्न थालेपछि दूतावासका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए। मंगलबार बिहान ५:२२ मा दूतावासबाट गुनासो आएपछि हङकङ प्रहरी घटनास्थलमा पुगेर उनलाई पक्राउ गरेको हो।
'सेतो स्प्रेले भित्तामा अँग्रेजीमा हेजोमोनी र चिनियाँमा डबल-स्टान्डर्ड लेखेको भेटियो। दूतावासका कर्मचारीबाट गुनासो आएपछि उमद्रो गरिरहेका व्यक्तिलाई रोकिएकोव थियो,' प्रहरी प्रवक्ता चैन जोनसुनले बताए।
घटनास्थलबाट उनलाई पक्राउ गरी अनुसन्धानका लागि प्रहरी चौकी ल्याइएको जानकारी उनले दिए।
दूतावासको भित्ताबाट स्प्रे गरी लेखिएका शब्द मेटाइएको छ।
72
Shares
प्रतिक्रिया