कार्यकारी प्रमुख क्यारी लामले ‘भाडा छुट योजना’ अनुसार वृद्धवृद्धाको सुविधाका लागि महत्वपूर्ण घोषणा गर्न लागेको सरकारी अधिकारीलाई उदृत गर्दै एससीएमपीले जनाएको छ।
यससँगै अबको केही दिनमै हङकङका वृद्धवृद्धाले २ हङकङ डलर तिरेर आफ्नो गन्तव्यसम्म पुग्न यातायात सेवा प्रयोग गर्न पाउने भएका छन्।
एससीएमपीका अनुसार सार्वजनिक बस, सार्वजनिक रेल लगायतका अन्य सवारी साधानमा सरकारको निर्णय लागू हुनेछ।
यसअघि सार्वजनिक यातायातमा दिइने भनेको छुटलाई लामले स्वीकार नगर्ने अनुमान गरिएको थियो। तर सबैको अनुमानलाई उल्टाउँदै लामले वृद्धवृद्धालाई छुट दिने घोषणा गरेकी हुन्।
प्रतिक्रिया