१४ वर्षीया बालिकासँग सम्बन्ध राख्ने २ शिक्षकसहित ६ जनाविरुद्ध मुद्दा दायर

जमानतमा छाड्न परेको रिट खारेज
१४ वर्षीया बालिकासँग सम्बन्ध राख्ने २ शिक्षकसहित ६ जनाविरुद्ध मुद्दा दायर

नेपालखबर
असार ७, २०८० बिहिबार ९:५, हङकङ

हङकङको अदालतले १४ वर्षीया बालिकासँग यौन सम्बन्ध राख्ने २ शिक्षकसहित ६ जनालाई जमानतमा छाड्न अस्वीकार गरेको छ।

उनीहरूका तर्फबाट अधिवक्ताहरूले जमानतमा छाड्न अदालतमा रिट दायर गरेका थिए।

दुई शिक्षक ताम सिचिउन (२५) र म्यान काविङ (४०) तथा भूमि विभागका कर्मचारी चान कामिङ (३०), अग्नि नियन्त्रक त्सो किचिङ (२८), इन्जिनियर काइ चिङ (२१) र युट्युबर वोङ पाकहोङ (२५)लाई धरौटीमा नछाड्न अदालतले आदेश दिएको हो।

हङकङस्थितत वेस्ट काउन्सिल अदालतले उनीहरूलाई विभिन्न ९ आरोपमा मुद्दा दायर गर्न आदेश दिएको छ। उनीहरूविरुद्ध जबर्जस्ती करण, अप्राकृतिक मैथुन र बाल प्रोनोग्राफीसहित ९ वटा मुद्दा दायर भएका छन्।

उक्त घटनाका ३ जना अभियुक्त अझै फरार छन्।

उनीहरूविरुद्ध १४ वर्षीया बालिकासँग यौन सम्बन्ध राखेको र प्रोनोग्राफीमा संलग्न हुन लगाएको आरोप छ।

अभियोगपत्रअनुसार अभियुक्तहरूले ती किशोरीलाई मे ३ देखि २ जुनको बीचमा भेटेका थिए।

हङकङमा १६ वर्षमुनिका किशोरीसँग सहमतिमै यौन सम्बन्ध राखे पनि ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। २१ वर्षमुनिका युवतीलाई जबर्जस्ती करणी गरेको मुद्दामा भने आजीवन कारागारको व्यवस्था छ।

यो मुद्दालाई पनि गम्भीर अपराधको आरोप लगाइएको छ। जसअनुसार संदीग्धहरूलाई आजीवन कारागार हुने सम्भावना छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .