हङकङमा पछिल्लो दुई दिनमा दोस्रो पटक कोकिन तस्कर समातिए

हङकङमा पछिल्लो दुई दिनमा दोस्रो पटक कोकिन तस्कर समातिए

कोकिन तस्करी गरेको आरोपमा पक्राउ परेका २६ वर्षीय युवक (बीचमा)। तस्बिरः एससीएमपी


नेपालखबर
असार २४, २०८० आइतबार १८:३२, हङकङ

हङकङ भन्सारले बिस्कुटको टिनमा लुकाएर ल्याएको ६.९ मिलियन हङकङ डलर बराबरको कोकिनसहित शनिबार एक जनालाई पक्राउ गरेको छ।

यसअघि विहीबार पनि ६.५ केजी काेकिनसहित एक ६२ वर्षीया महिला पक्राउ परेकी थिइन्।

शनिबार पक्राउ पर्ने व्यक्ति मकाउबाट आएका २६ वर्षीय विदेशी रहेको बताइएको छ।

पक्राउ परेका व्यक्तिले चारवटा बिस्कुटका टिनभित्र कोकिन राखेर ल्याएका थिए। जसको मूल्य ८६८,७२० अमेरिकी डलर पर्दछ।

पछिल्ला दुई दिनमा कोकिन तस्कर पक्राउ परेको यो दोस्रो घटना हो। यसले हङकङमा लागू औषध तस्करको सक्रियता बढेको देखाउँछ।

हङकङ प्रवेश गर्ने क्रममा प्रहरीले उक्त व्यक्तिलाई हङकङ मकाउ फेरी टर्मिनल, श्युङ वानमा पक्राउ गरेको हो।

लागूऔषध अनुसन्धान ब्युरोका इन्स्पेक्टर फोङ शु-यङका अनुसार एक्स-रे मेसिनबाट सामान निरीक्षण गर्ने क्रममा प्लास्टिकको झोलामा शंकास्पद वस्तु देखिएपछि उनी पक्राउ परेका हुन्।

ती व्यक्ति बहराइनबाट टर्की त्यसपछि इथियोपिया र मनिला गएको अनि मकाउमा अवतरण गर्नुअघि डुङ्गाबाट हङकङ आइपुगेको बुझिएको छ।

बरामद गरिएको कोकिन।

‘पर्यटकहरू लागू औषध ओसार-पसारमा संलग्न हुन थालेको पछिल्लो गतिविधिले देखाएको छ। त्यसैले हामीले हाम्रो कानुनी प्रावधानमा परिमार्जन गर्न जरुरी देखिएको छ,’ इन्स्पेक्टर फोङको कथन छ।

यसअघि पक्राउ पर्ने कोकिन तस्कर पनि विदेशी नै हुन्। विहीबार पक्राउ पर्ने उनी ६२ वर्षीया महिला थिइन्। उनीसँग प्रहरीले तीन वटा बिस्कुटका टिन र तीन वटा प्लास्टिकको झोलाका कन्टेनर बरामद गरेको थियो।

ती महिला डेनमार्कको कोपेनहेगनबाट आएकी थिइन्। उनीसँग बरामद भएको कोकिनको तौल करिब ६.५ केजी र मूल्य झण्डै ७ मिलियिन हङकङ डलर रहेको थियो।

हङकङको कानुन अनुसार लागू औषध ओसार-पसारलाई गम्भीर अपराधको रूपमा लिइन्छ।

अपराध पुष्टि भएमा ५ मिलियन हङकङ डलर जरिवाना र आजीवन काराबास सजाय हुन सक्छ।

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .