हङकङमा एक नेपाली वृद्ध लुटिएका छन्। स्थानीय सञ्चार माध्यम डिमसम दैनिकका अनुसार शनिबार मध्यराति ७१ वर्षीय वृद्ध ४ जना नेपालीबाट लुटिएका हुन्।
स्थानीय समयअनुसार शनिबार राति ११:२१ मा निङपो स्टिटस्थित रेस्ट गार्डेनमा बियर पिएर आराम गरिरहेको बेला उनीमाथि लुटपाट भएको हो। तीन जना नेपाली पुरुष र एक महिलाले आफूलाई लुटपाट गरेको उजुरी उनले प्रहरीकोका दिएका छन्।
उनीहरूले आफूसँग भएको नगद ९०० हङकङ डलरसहितको पर्स र एउटा मोबाइल लुटपाट गरी कुटपिट समेत गरेको ती वृद्धले उजुरीमा उल्लेख गरेका छन्।
कुटपिटपछि उनलाई स्थानीयले अस्पताल लगिएको थियो। सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ।
प्रहरीले लुटपाट गर्ने समूहको खोजी गरिरहेको बताएको छ।
534
Shares
प्रतिक्रिया