हङकङका अधिकारीहरूले सडकमा फोहोर फाल्ने डिब्बाहरूको संख्या क्रमशः घटाउँदै लैजाने बताएका छन्।
मानिसहरूलाई आफ्नो फोहोर घर लैजाने बानीको विकास होस् भनी यसो गर्न लागिएको उनीहरूको तर्क छ।
इन्भायरोन्मेन्ट एण्ड इकोलोजी सचिव चेचिन–वानले शुक्रबार व्यवस्थापिकाको वातावरणीय प्यानलमा बोल्दै उक्त कुरा भनेका हन्।
सम्बोधनका क्रममा उनले यो सँगसँगै फोहोर उठाउन ढिलाइ नहुने वाचा पनि गरे। साथसाथै, समयमै फोहोर उठाउने र आफ्नो फोहोर घर लैजाने कुरामा भने तालमेल हुनुपर्नेमा उनले जोड दिए।
विभिन्न मुलुकको यात्राका क्रममा धेरै देशले सडकबाट फोहोर फाल्ने डिब्बाहरू हटाएको र मानिसहरूले आफ्नो फोहोर आफ्नो घर, होटल वा काम गर्ने स्थानमा लगेको आफूले देखेको सचिव वानले बताए। परिणामस्वरुप नतिजा पनि राम्रो देखिएको उनको तर्क छ।
पछिल्लो सरकारी तथ्यांक अनुसार हङकङमा सन् २०१८ मा लगभग ४० हजार कर्बसाइड फोहोर फाल्ने डिब्बाहरू थिए। ताकि न्यूयोर्कमा ८.५ मिलियन जनसंख्याको लागि जम्मा २३ हजार डिब्बा थिए।
सरकारको फोहोरसम्बन्धी योजना लागू भएपछि हङकङबासीले प्रत्येक १ लिटर फोहोरका लागि ११ हङकङ सेन्ट तिर्नु पर्नेछ।
फोहोर फाल्नका लागि सडक किनारमा राखिएका डिब्बाहरू। नयाँ योजना अनुसार अब यस्ता डिब्बा घटाइँदै लगिनेछ।
फोहोरलाई सरकारले तोकेको ९ प्रकारका झोलामा भण्डार गर्नुपर्नेछ।
९ प्रकारकै झोलामा नअट्ने ठूलो फोहोरलाई भने प्रति टुक्रा ११ हङकङ डलरका दरले तिर्नु पर्नेछ।
योजना लागू भएपछिको पहिलो ६ महिना परीक्षण अवधि हुनेछ। यो अवधिमा योजना पालना गर्न असक्षमलाई मौखिक चेतावनी दिइनेछ।
यसपछि तोकिएका झोलाहरूमा फोहोर नफालेमा हङकङ डलर १५ सय जरिवाना हुनेछ।
तर, व्यवस्थापिकाबाट कानुन पारित भएपछि भने यस्तो जरिवाना दोब्बर हुनेछ।
यदि बासिन्दाहरूले तोकिएका झोला लिएर पनि सडकमा फोहोर फाल्ने गरेको पाइएमा ३ हजार हङकङ डलर जरिवाना तिर्नु पर्नेछ।
गैरकानुनी पसल विस्तार र निर्माण फोहोरको अवैध डम्पिङको लागि भने हालको १५ सयबाट बढाएर ६ हजार हङकङ डलर जरिवाना हुनेछ।
सचिव वानले सरकारले कानुनलाई कडाइका साथ लागू गर्ने बताए।
Shares
प्रतिक्रिया