सरकारविरुद्ध प्रदर्शन गर्ने क्रममा केही व्यक्तिले भित्तामा सरकार विरोधी पर्चा टास्ने र भित्ता लेखन कार्य गरिरहेको समयमा प्रहरीले शुक्रबार उनीहरुलाई नियन्त्रणमा लिएको थियो।
क्यासल पिक पुलिस स्टेसनमा कार्यरत विदामा रहेका दंगा प्रहरीलाई हङकङ प्रहरीले नियन्त्रणमा लिएको एससीएमपीले जनाएको छ।
ती ३१ वर्षीय प्रहरी, आफ्नी प्रेमिका र आमासँगै शुक्रबार बिहान पक्राउ परेको जनाइएको छ। दंगा प्रहरी नै सरकारविरुद्ध प्रदर्शनमा उत्रिएको यो पहिलो घटना भएको जनाइएको छ।
दंगा प्रहरी विशेषगरी प्रदर्शनकारीलाई नियन्त्रण गर्न, आन्दोलनलाई तित्तरबित्तर गर्न बनेका प्रहरीहरु हुन्।
तर दंगा प्रहरी नै आन्दोलनमा होमिएपछि हाल उनीमाथि अनुसन्धान सुरु भएको छ।
हङकङ सरकारले सुपुर्दगी विधेयकलाई पारित गर्ने प्रयास गरेपछि हङकङबासीले लामो समयदेखि प्रदर्शन गरिरहेका छन्।
आन्दोलन हिंस्रक बन्दै गएपछि हङकङकी कार्यकारी प्रमुख क्यारी लामले विधेयक फिर्ता लिएकी थिइन्।
यद्यपी आन्दोलनकारीको माग क्यारी लामको राजीनामा र हङकङ थप स्वतन्त्र हुनुपर्ने भएपछि प्रदर्शन रोकिन सकेको छैन।
लामाले सर्वसाधारणको विचार सुन्ने, नागरिकसँग छलफल गर्ने कार्यक्रम गर्ने भने पनि मानिसहरुले त्यो विषय मानिरहेका छैनन्।
Shares
प्रतिक्रिया