‘मस्ट वान्टेड’का छोराछोरीलाई हङकङ प्रहरीद्वारा सोधपुछ

‘मस्ट वान्टेड’का छोराछोरीलाई हङकङ प्रहरीद्वारा सोधपुछ

एल्मर युआन। तस्बिर : फेसबुक/एल्मर युएन


नेपालखबर
साउन ८, २०८० सोमबार १८:५९, हङकङ

हङकङको राष्ट्रिय सुरक्षा बलले ‘मस्ट वान्टेड आठ’ को खोजी कार्यको सिलसिलामा उनीहरूका छोराछोरीलाई सोधपुछ गरेको छ।

स्रोतका अनुसार एल्मर युआन गोङ–यीका छोरा युएन मि–चाङलाई वान चाइ पुलिस स्टेशनमा बलको राष्ट्रिय सुरक्षा विभागका सदस्यले सोमबार दिउँसो सोधपुछ गरेका हुन्। युएन न्यु पिपल्स पार्टीका विधायक युनिस युङ होइ–यानका पति पनि हुन्।

स्रोतले थप बताएअनुसार युआनकी छोरी मिमि युएन मि–वाङलाई पनि अनुसन्धानका लागि अधिकारीहरूसँग जान भनिएको थियो तर पक्राउ भने गरिएन।

७४ वर्षीय एल्मर युआन हङकङ प्रहरीले ‘मस्ट वान्टेड’को सूचीमा राखेको आठ जनामध्येका एक सदस्य हुन्।

‘मस्ट वान्टेड’को सूचीमा रहेका यी आठ जनाको टाउकाको मूल्य १ मिलियन हङकङ डलर तोकिएको छ।

प्रहरीको दाबी अनुसार युआनले जुलाई २०२० र यस वर्षको मार्चमा विदेशी शक्तिराष्ट्रहरूसँग हङकङका अधिकारी र न्यायिक सदस्यहरूमाथि प्रतिबन्ध लगाउन आग्रह गरेका थिए। साथै उनले कथित स्वतन्त्रता र राज्यशक्तिलाई पराजित गर्न ‘हङकङ संसद्’को गठन गरी ‘जनमत संग्रह’को घोषणा गरेका थिए।

बायाँबाट क्रमशः मिमि युएन, डेरेक युएन र एरिक युएन। तस्बिर : आरटीएचके

युआन विपक्षी समूह पिपुल्स पावरकी पूर्वअध्यक्ष एरिका युएन मि–मिङका बुवा पनि हुन्। उनी सन् २०२० मा संयुक्त राज्य अमेरिका बसाइँ सरेका थिए।

युआनले हङकङको राजनीतिका सम्बन्धमा आफ्ना विचार ट्वीटरमा पोस्ट गर्ने गरेका छन्। जहाँ उनका लगभग ८८ हजार तीन सय फलोअर्स छन्।

यसैगरी, जुलाईको पहिलो हप्ता प्रतिबन्धित राजनीतिक दल डेमोसिस्टोका पाँच सदस्यलाई प्रहरीले पक्राउ गरेको थियो।

उनीहरूलाई हङकङको राष्ट्रिय सुरक्षा कानुनको उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको हो।

विदेशी सेनासँग मिलेर काम गरेको, देशद्रोह गर्ने उद्देश्यका साथ षडयन्त्र रचेको, प्रतिबन्धित पार्टी डेमोसिस्टोका पूर्व अध्यक्ष नाथन लका लागि रकम संकलनमा संलग्न रहेको तथा चीनविरोधी गतिविधिमा संलग्न रहेको आरोप उनीहरूमाथि छ।

बेइजिङले हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागू गरेपछि ३० जुन २०२० मा डेमोसिस्टोमाथि प्रतिबन्ध लागेको थियो।

यसैबीच गतहप्ता प्रहरीले ‘मस्ट वान्टेड आठ’का अर्का दुई सदस्यका परिवारलाई पनि सोधपुछ गरेको थियो।

प्रहरीले मुङ सिउ–टाटका दाइको घरमा छापा मारेर उनी, उनकी श्रीमती र उनको छोरालाई सोधपुछका लागि लगेको हो।

त्यस्तै, पूर्व वकिल एवं कानुनविद् डेनिस कक विङ–हाङका आमाबुवा, दाइ र भाउजूसँग पनि सोधपुछ गरेको थियो।

मुङ र कक ‘मस्ट वान्टेड आठ’को सूचीका सदस्य हुन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .