हङकङको एक रेलवे स्टेशन बाहिर जंगली बँदेलको आक्रमणमा दुईजना यात्रु घाइते भएका छन्।
शातिन जिल्लाको लोक किङ स्ट्रिटस्थित फोतान एमटीआर स्टेशन बाहिर १५ वर्षीय किशोर र एक महिलालाई टोक्दा घाइते भएका हुन्।
घटना शुक्रबार बिहान सवा ११ बजेको हो। समाचारअनुसार बँदेलले किशोरका हात र महिलाको खुट्टामा टोकेको छ। दुवैलाई प्रिन्स अफ वेल्स अस्पताल लगिएको छ।
फोतान स्टेशन
घटनापछि कृषि, मत्स्यपालन तथा संरक्षण विभागका अधिकारीहरूलाई घटनास्थलमा बोलाइएको थियो।
जंगली बँदेलहरू मानव बस्ती तथा शहरी क्षेत्रमा प्रवेश गरेर मानिसलाई आक्रमण गर्न थालेपछि विभागले यस वर्षको ५ जनवरीदेखि १७ मेसम्ममा १३५ बँदेललाई मारिसकेको छ।
162
Shares
प्रतिक्रिया